कैलाशका लालकुमारलाई मुख्यमन्त्री बानियाँले घर निर्माण गर्न दिए २ लाख

१६ भदौ, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन् । जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

लालकुमारका कुनै सन्तान छैनन् । उपचारका क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्ग बनेकी थिइन् । दम्पती गाउँमै करिब २ कट्ठा नम्बरी र ३र४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि र साना पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।

विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घर निर्माणका लागि सहयोग गरेका हुन् । अध्यक्ष मुक्तानले पालिकामा चेपाङ, जनजाति र अति विपन्न परिवार धेरै रहेकामा लालकुमारलाई छनोट गरी सिफारिस गरिएको बताए ।

सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले निर्वाचन क्षेत्रका नागरिक गास, वास र कपासबाट वञ्चित नहुनुपर्ने भन्दै व्यक्तिगत लगानीमै आवास निर्माण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्र बुझ्ने कार्यक्रममा कैलाश गाउँपालिकाका वडाध्यक्षहरू तेज ब्लोन ९वडा १०, राजेन्द्र घिसिङ ९वडा २०, उदास कुमार भुलन ९वडा ७०, आशिष प्रजा ९वडा ८० र भुवनसिं घलान ९वडा ९० साथै नेपाली कांग्रेसका वडास्तरीय सभापतिहरूको उपस्थिति थियो ।

यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि पनि सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...