१६ भदौ, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित आवासमा बस्न पाउने भएका छन् । जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
लालकुमारका कुनै सन्तान छैनन् । उपचारका क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्ग बनेकी थिइन् । दम्पती गाउँमै करिब २ कट्ठा नम्बरी र ३र४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी कृषि र साना पशुपालन गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।
विपन्न अवस्थाका कारण जीर्ण घर बनाउन नसकेपछि उनीहरू असुरक्षित बासमा जीवन बिताइरहेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सिफारिसपछि मुख्यमन्त्री बानियाँले लालकुमारको घर निर्माणका लागि सहयोग गरेका हुन् । अध्यक्ष मुक्तानले पालिकामा चेपाङ, जनजाति र अति विपन्न परिवार धेरै रहेकामा लालकुमारलाई छनोट गरी सिफारिस गरिएको बताए ।
सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले निर्वाचन क्षेत्रका नागरिक गास, वास र कपासबाट वञ्चित नहुनुपर्ने भन्दै व्यक्तिगत लगानीमै आवास निर्माण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्र बुझ्ने कार्यक्रममा कैलाश गाउँपालिकाका वडाध्यक्षहरू तेज ब्लोन ९वडा १०, राजेन्द्र घिसिङ ९वडा २०, उदास कुमार भुलन ९वडा ७०, आशिष प्रजा ९वडा ८० र भुवनसिं घलान ९वडा ९० साथै नेपाली कांग्रेसका वडास्तरीय सभापतिहरूको उपस्थिति थियो ।
यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि पनि सहयोग गरिसकेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।