माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

१७ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका पूर्व वडा अध्यक्ष बुद्धिमान वाइबा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनी आइतबार एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । वाइबा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बकैया १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

आइतबार कांग्रेस मकवानपुर पार्टी कार्यालयमा जिल्ला सभापति बुद्ध लामाको हातबाट टीका लगाउँदै उनले माओवादी परित्याग गरी कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । पछिल्लो समय माओवादीमा विचलन आएसँगै केही समयदेखि निस्कृय बस्दै आएको र अहिले कांग्रेस प्रवेश गरेको उनले बताए । अब कांग्रेसकै सदस्यको रुपमा बाँकी समय जनताको हितमा काम गर्ने उनको भनाई थियो ।

कांग्रेस मकवानपुर सभापति लामाले वाइबालाई कांग्रेसमा स्वागत गर्दै आवश्यकता अनुसार जिम्मेवारी दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कांग्रेस मकवानपुर सचिव भीमसेन महत, १ नम्बर क्षेत्र संघीय सभापति दामोदर खनाल, संघीय सचिव कविन सांगामी, बकैया सभापति दिलबहादुर बोम्जन, किसान संघ मकवानपुर सभापति सोम तिमल्सिना लगायत सहभागी थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...