Day: March 30, 2025

इद उल फितरको आवसरमा सोमबार सार्वजनिक बिदा

इद उल फितरको आवसरमा सोमबार सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, समाचार
१७ चैत, हेटौँडा । इद उल फितरको आवसरमा सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्येको एक इद उल फितरको अवसरमा सर्वाजनिक बिदा दिने निर्णय गरेको हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा)को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहने प्रचलन छ। जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ । नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । यस दिन नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान ...
माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

Breaking News 2, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१७ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका पूर्व वडा अध्यक्ष बुद्धिमान वाइबा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनी आइतबार एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । वाइबा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बकैया १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । आइतबार कांग्रेस मकवानपुर पार्टी कार्यालयमा जिल्ला सभापति बुद्ध लामाको हातबाट टीका लगाउँदै उनले माओवादी परित्याग गरी कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । पछिल्लो समय माओवादीमा विचलन आएसँगै केही समयदेखि निस्कृय बस्दै आएको र अहिले कांग्रेस प्रवेश गरेको उनले बताए । अब कांग्रेसकै सदस्यको रुपमा बाँकी समय जनताको हितमा काम गर्ने उनको भनाई थियो । कांग्रेस मकवानपुर सभापति लामाले वाइबालाई कांग्रेसमा स्वागत गर्दै आवश्यकता अनुसार जिम्मेवारी दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमम...
मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१७ चैत, हेटौँडा । मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आव्हानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् । मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालोपट्टी बाँधेर शुक्रबार भएको घटनाको बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, कोषाध्यक्ष प्रदिप अधिकारी, सदस्यहरु सरोज पौडेल, रविन ढृंगाना, गणेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लागएतका पत्रकारहरुले विभिन्न संचारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन् । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष...