मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

१७ चैत, हेटौँडा । मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आव्हानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् ।

मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालोपट्टी बाँधेर शुक्रबार भएको घटनाको बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, कोषाध्यक्ष प्रदिप अधिकारी, सदस्यहरु सरोज पौडेल, रविन ढृंगाना, गणेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लागएतका पत्रकारहरुले विभिन्न संचारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन् ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा विरोध जनाइएको बताए । उनले भोली सोमबार बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने बताए ।

प्रेस युनियनका अध्यक्ष विडारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र संचार माध्यममाथीको आक्रमण सह्य नभएको उल्लेख गर्दै पत्रकारहरुका सबै संघ संगठनहरुले राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताए । उलने पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कार्बाहीको माग पनि गरे शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने विभिन्न सञ्चारमाध्यमहरुमा तोडफोड र आगजनी भएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...