मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

१७ चैत, हेटौँडा । मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आव्हानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् ।

मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालोपट्टी बाँधेर शुक्रबार भएको घटनाको बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, कोषाध्यक्ष प्रदिप अधिकारी, सदस्यहरु सरोज पौडेल, रविन ढृंगाना, गणेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लागएतका पत्रकारहरुले विभिन्न संचारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन् ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा विरोध जनाइएको बताए । उनले भोली सोमबार बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत कार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने बताए ।

प्रेस युनियनका अध्यक्ष विडारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र संचार माध्यममाथीको आक्रमण सह्य नभएको उल्लेख गर्दै पत्रकारहरुका सबै संघ संगठनहरुले राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताए । उलने पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कार्बाहीको माग पनि गरे शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने विभिन्न सञ्चारमाध्यमहरुमा तोडफोड र आगजनी भएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...