बकैयाका ६१ भूमिहीन सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

३१ चैत, हेटौँडा । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर ७ र वडा नम्बर ४ का भूमिहीन सुकुमवासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको छ । आइतबार एक कार्यक्रमबिच आयोग मकवानपुरले बकैया–७ का ४१ र वडा नम्बर ४ का २० घरपरिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गर्न थालेको हो ।

बकैया गाउँपालिकासँगको समन्वयमा ४१ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुमवासी र २० घरपरिवार अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको उनले बताए ।

उनका अनुसार आवास र कृषि प्रयोजनका लागि भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराइएको छ । अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया– ७ र ४ का भूमिहीन सुकुमवासीलाई आवसीय क्षेत्रका लागि न्यूनतम एक कठ्ठादेखि कृषि क्षेत्रका लागि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...