Day: April 13, 2025

हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि संलग्नहरुलाई प्रतिष्ठानद्वारा कारबाहीको माग

हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि संलग्नहरुलाई प्रतिष्ठानद्वारा कारबाहीको माग

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
३१ चैत, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने भन्दै युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । प्रतिष्ठानले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिष्ठानको बोर्ड तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो । हेटौँडा अस्पतालपरिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेशकुमार लम्साल र रजिस्टार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुनविपरीत भएको उल्लेख गरिएको छ । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चाल...
बकैयाका ६१ भूमिहीन सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

बकैयाका ६१ भूमिहीन सुकुम्बासीले पाए जग्गा धनीपुर्जा

Breaking News 1, अर्थ, ताजा अपडेट, बकैया, समाचार
३१ चैत, हेटौँडा । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका वडा नम्बर ७ र वडा नम्बर ४ का भूमिहीन सुकुमवासीलाई जग्गा धनीपुर्जा वितरणको गरेको छ । आइतबार एक कार्यक्रमबिच आयोग मकवानपुरले बकैया–७ का ४१ र वडा नम्बर ४ का २० घरपरिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गा धनीपुर्जा वितरण गर्न थालेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा ४१ घरपरिवार भूमिहीन दलित, भूमिहीन सुकुमवासी र २० घरपरिवार अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । आयो...
चट्याङ लागेर मनहरीका अबिरलको मृत्यु, दुईजना घाइते

चट्याङ लागेर मनहरीका अबिरलको मृत्यु, दुईजना घाइते

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार
३१ चैत, हेटौँडा । आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–५, दरदराका २८ वर्षीय अबिरल थिङ रहेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी– ५, वसन्तपुरस्थित राप्तीखोलाको किनार हुँदै आफन्तको घर मनहरी– ५, डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो । चट्याङ लागेर थिङको तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।...