हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि संलग्नहरुलाई प्रतिष्ठानद्वारा कारबाहीको माग

३१ चैत, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने भन्दै युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । प्रतिष्ठानले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिष्ठानको बोर्ड तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

हेटौँडा अस्पतालपरिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेशकुमार लम्साल र रजिस्टार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुनविपरीत भएको उल्लेख गरिएको छ ।

२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालनमा रहेको छ। अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिष्ठानको उद्देश्य रहेको छ ।

प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह भइरहेको छ। अस्पतालको बोर्ड तोडफोड गरेर अस्पताललाई पुनः रेफर सेन्टरको रूपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने प्रतिष्ठानको दाबी छ ।

‘स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो। यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’

यसअघि आइतबार दिउँसो हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गनुपर्ने माग गर्दै केही युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका थिए । प्रतिष्ठान र हेटौँडा अस्पतालबिचको विवाद चलिरहेका वेला केही युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका हुन् ।

सरकारी अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै अभियानमा संलग्न युवाहरूले अस्पतालको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ शब्द रंग दलेर मेटाएका हुन् । अभियानमा संलग्न युवाहरूले हेटौँडा अस्पतालको नाम मात्र उल्लेख भएको नयाँ बोर्ड टाँसेका छन् ।

केही दिनअघि मात्र राखिएको हेटौँडा अस्पतालको उक्त बोर्डमा एकातर्फ निसान छाप र अर्कोतर्फ प्रतिष्ठानको लोगो समावेश गरिएको थियो । अस्पताल र प्रतिष्ठानको विवादको विषयमा सर्वोच्च अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामा रहेका वेला उक्त बोर्ड झुण्ड्याएपछि अभियानका युवाहरूले विरोध गर्दै आएका थिए । अदालतको फैसलाअगावै अस्पतालले हेटौँडा अस्पताललाई प्रतिष्ठानसँग जोड्न नहुने उनीहरूको दाबी छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज