इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

५ वैशाख, हेटौँडा । मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरिका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो ।

मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका– ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा भवानिपुर– ५ बस्ने वर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा– ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा–९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सर्लाही हरिहरपुर–१ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, विष्णुपुर–३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनव्रर्ती साह, बागमती–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला–५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर घाइते भएका छन् ।

उनीहरु सबै मकवानपुर सहकारी अस्पतालमा उपचारत रहेका छन् । गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...