इभी गाडी दुर्घटना हुँदा गढीमा २ जना महिलाको मृत्यु, १४ जना घाइते

५ वैशाख, हेटौँडा । मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरिका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो ।

मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका– ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा भवानिपुर– ५ बस्ने वर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा– ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा–९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सर्लाही हरिहरपुर–१ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, विष्णुपुर–३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनव्रर्ती साह, बागमती–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला–५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर घाइते भएका छन् ।

उनीहरु सबै मकवानपुर सहकारी अस्पतालमा उपचारत रहेका छन् । गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज