१७ वैशाख, हेटौँडा । मकवानपुरमा छोराले हानेको गोली लागेर बाबु घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घटना जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा भएको हो ।
बुधबार स्थानीय ३५ वर्षीय इमान सिं थिङले आफ्नो ५९ वर्षीय बाबु कान्छाराम थिङलाई भरुवा बन्दुकबाट गोली हानेका थिए । गोली लागेका कान्छारामको अवस्था सामान्य रहेको मकावानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार घाइते कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा छर्राले लागेर चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छोरा इमान सिंलाई लाइसेन्स नभएको एक थान एक नाले भरुवा बन्दुसहित नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार कुखुरा आफ्नो आँगन तर्फ आएको भन्ने बिषयमा बाबुछोराबीच बिबाद भएको र छोरा इमान सिंले बाबुमाथी गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।