Day: २०८२, १७ बैशाख बुधबार २२:१०

सरकार र शिक्षक महासंघबीच सहमति

सरकार र शिक्षक महासंघबीच सहमति

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१७ वैशाख, हेटौँडा । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत अनुमोदन गरेको छ । सरकार र महासंघबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि सहमति भएको छ । यसैबीच महासंघले शैक्षिक हडतालसहितको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा शिक्षकहरूलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षामा सहभागी हुन आग्रह गरिएको छ । यस्तै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । यसअघि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएको थियो । वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला...
कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरमा छोराले हानेको गोली लागेर बाबु घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घटना जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा भएको हो । बुधबार स्थानीय ३५ वर्षीय इमान सिं थिङले आफ्नो ५९ वर्षीय बाबु कान्छाराम थिङलाई भरुवा बन्दुकबाट गोली हानेका थिए । गोली लागेका कान्छारामको अवस्था सामान्य रहेको मकावानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइते कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा छर्राले लागेर चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छोरा इमान सिंलाई लाइसेन्स नभएको एक थान एक नाले भरुवा बन्दुसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कुखुरा आफ्नो आँगन तर्फ आएको भन्ने बिषयम...
सवारी लाइसेन्सको अवधि अब १० वर्ष हुने

सवारी लाइसेन्सको अवधि अब १० वर्ष हुने

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
१७ वैशाख, हेटौँडा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको पाँच वर्षे लाइसेन्सको प्रावधानलाई परिवर्तन गर्दै १० वर्ष बनाइएको हो । यसअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जम्मा ५ वर्षका लागि दिने कानुनी व्यवस्था रहेको थियोे । अब भने पहिलो पटक लिइएको लाइसेन्स होस् वा नवीकरण गरिँदा दुबै अवस्थामा १० वर्षका लागि मान्य हुनेछ । यो विधेयक पारित भइसकेपछि अब राष्ट्रिय सभामा जान्छ । त्यसपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो नियम कानुनका रूपमा लागू हुनेछ ।...
सर्वोच्चको पत्रसँगै साढे ४ घण्टापछि रिहा भए रेशम चौधरी

सर्वोच्चको पत्रसँगै साढे ४ घण्टापछि रिहा भए रेशम चौधरी

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१७ वैशाख, हेटौँडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी फक्राउ भएको साढे ४ घण्टापतिरिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई सर्वोच्चको पत्रका आधारमा डिल्लीबजार कारागारबाट छाडिएको हो । सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेखेर चौधरीलाई छोड्न भनेको थियो । यसैविच चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको ह...
राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
१७ वैशाख, हेटौँडा । प्रत्येक वर्ष चट्याङको प्रकोपबाट जनधनको क्षति व्यहोर्दै आएको आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चटु्याङको पूर्व सूचना दिने यन्त्रसहितको साइरन जडान गरिने भएको छ । चट्याङकका कारण राक्सिराङमा बर्सेनि स्थानीयको मृत्यु तथा घाइते हुनुका साथै पशुचौपाय र भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ । यसवर्षको सुरुवातमै पनि राक्सिराङ ८ धुसबगरमा चट्याङ लागेर दुइ जना घाइते भएका थिए । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङको पूर्व सूचना दिने गाउँपालिकालाई मंगलबार नै हस्तान्तरण गरेको छ । गाउँपालिकालाई एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण प्रदान गरिएको छ । उक्त यन्त्र जडान गरेसँगै चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनले राक्सिराङ चट्याङको उच्च जोखिम क्षे...
जौको सातु र सर्वत खाएर आज अक्षय तृतीया मनाइँदै

जौको सातु र सर्वत खाएर आज अक्षय तृतीया मनाइँदै

Breaking News 1, ताजा अपडेट, समाचार
१७ वैशाख, हेटौँडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज