३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औंल्याएको हो ।
बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरीगाउँमा लापरवाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ। विभागका महानिर्देशक मोनिका झाले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिङ्कहोल (कष्लपजयभि) निर्माण भएको हो।
भासिएर बोलेरो गाडी नस्ट
हेटौँडा–१६ र १७ को सीमास्थित सडकमा चलिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी वैशाख २१ गते अचानक जमिनसहित भासियो। चालक हरेराम राई र सहचालक सकुशल बच्न सफल भए पनि गाडी भने गहिरो खाल्डोमा पुतेको अवस्थामा छ। खानी तथा भूगर्भ विभागलाई जानकारी प्राप्त भएपछि अध्ययन टोली खटिएको थियो।
११ मिटर गहिरो सिंकहोल
भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा गरिएको अध्ययन अनुसार, जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको छ। अध्ययनले जमिनमुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ। “कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिन्छ,” अधिकारीले भने।
२०६२ सालमै चेतावनी दिइएको क्षेत्र
खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिनाइएको थियो। विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन, र वैज्ञानिक परीक्षणको आधारमा जमिन भासिएको पुष्टि गरिएको हो।
स्थानीय प्रशासनको सावधानी
हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले गाडी निकाल्ने प्रयासपछि जोखिम देखिएकाले सो क्षेत्रलाई तत्काल सिलबन्दी गरिएको बताइन ्। “घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र जमिन थप भासिन नदिन सावधानी अपनाइएको छ,” उनले भनिन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।