बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औंल्याएको हो ।
बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरीगाउँमा लापरवाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ। विभागका महानिर्देशक मोनिका झाले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिङ्कहोल (कष्लपजयभि) निर्माण भएको हो।

भासिएर बोलेरो गाडी नस्ट
हेटौँडा–१६ र १७ को सीमास्थित सडकमा चलिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी वैशाख २१ गते अचानक जमिनसहित भासियो। चालक हरेराम राई र सहचालक सकुशल बच्न सफल भए पनि गाडी भने गहिरो खाल्डोमा पुतेको अवस्थामा छ। खानी तथा भूगर्भ विभागलाई जानकारी प्राप्त भएपछि अध्ययन टोली खटिएको थियो।

११ मिटर गहिरो सिंकहोल
भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा गरिएको अध्ययन अनुसार, जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको छ। अध्ययनले जमिनमुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ। “कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिन्छ,” अधिकारीले भने।

२०६२ सालमै चेतावनी दिइएको क्षेत्र
खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिनाइएको थियो। विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन, र वैज्ञानिक परीक्षणको आधारमा जमिन भासिएको पुष्टि गरिएको हो।

स्थानीय प्रशासनको सावधानी
हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले गाडी निकाल्ने प्रयासपछि जोखिम देखिएकाले सो क्षेत्रलाई तत्काल सिलबन्दी गरिएको बताइन ्। “घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र जमिन थप भासिन नदिन सावधानी अपनाइएको छ,” उनले भनिन् ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...