Day: २०८२, ३० बैशाख मंगलवार १८:४२

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म ९१९ दिन० बन्द गरिने भएको हो । १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औंल्याएको हो । बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरीगाउँमा लापरवाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ। विभागका महानिर्देशक मोनिका झाले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिङ्कहोल (कष्लपजयभि) निर्माण भएको हो। भासिएर बोलेरो गाडी नस्ट हेटौँडा–१६ र १७ को सीमास्थित सडकमा चलिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी वैशाख २१ गते अचानक जमिनसहित भासियो। चालक हरेराम राई र सहचालक सकुशल बच्न सफल भए पनि गाडी भने गहिरो खाल्डोमा पुतेको अवस्थामा छ। ...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Breaking News 1, समाचार
३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भासिएर सवारी अवागमन अवरुद्ध भएपछि यात्रु र सवारी साधन अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, पुलको संरचना कमजोर भई भासिएको र अहिलेको अवस्थामा कुनै पनि सवारी साधन उक्त पुलबाट पार गर्न नसक्ने बताएका छन्। “पुल भासिएको कारण ठूलो दुर्घटना हुने जोखिम रहेकाले आवागमन पूर्ण रूपमा रोकिएको हो,” ढकालले भने। पुलमा म.प्र.०३–००१ क ३१६३ नम्बरको १८ चक्के टेलर होङ्सी सिमेन्ट कम्पनीबाट कच्चा पदार्थ बोकी वीरगञ्जतर्फ जाँदै गर्दा पुलमाथि हिँड्ने क्रममा पुल भासिएको हो। डाइभर्सन बनाउने प्रयास जारी रहे पनि तत्काल सम्भव नदेखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी निरीक्षक बन्जराले वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहर...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने निर्णय भएको छ । यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिन लागिएको अध्यक्ष खड्काले बताए । अधिका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज