कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका छन्।

धादिङको रोराङ बेनीघाट गाउँपालिका– ४ सँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रका महिला यसअघि सुत्केरी गराउन घण्टौँ पैदल यात्रा गरेर वडा नम्बर १ को वरभन्ज्याङ वा मनहरी, हेटौँडासम्म पुग्नुपर्ने बाध्यता थियो। प्रसूति केन्द्र सञ्चालनसँगै उक्त समस्या अन्त्य भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यअनुसार वडा नम्बर २ मा प्रसूति सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए।

उनका अनुसार गाउँपालिकाका अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ भने अब दुई वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाँकी छ। निःशुल्क औषधि, पोषण तथा खोप कार्यक्रममार्फत स्वास्थ्य सेवा सुदृढ गर्दै आएको पनि उनले जानकारी दिए।

वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङले १० लाख रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गरी आवश्यक उपकरणसहित प्रसूति सेवा सुरु गरिएको बताए।

स्थानीय जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा उपलब्ध गराएपछि स्वास्थ्य संस्था निर्माण सम्भव भएको हो। केन्द्र सञ्चालनसँगै कैलाश बैकुण्ठसहित आसपासका क्षेत्रका गर्भवती महिलाले सहज र सुरक्षित प्रसूति सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...