कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका छन्।

धादिङको रोराङ बेनीघाट गाउँपालिका– ४ सँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रका महिला यसअघि सुत्केरी गराउन घण्टौँ पैदल यात्रा गरेर वडा नम्बर १ को वरभन्ज्याङ वा मनहरी, हेटौँडासम्म पुग्नुपर्ने बाध्यता थियो। प्रसूति केन्द्र सञ्चालनसँगै उक्त समस्या अन्त्य भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यअनुसार वडा नम्बर २ मा प्रसूति सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए।

उनका अनुसार गाउँपालिकाका अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ भने अब दुई वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाँकी छ। निःशुल्क औषधि, पोषण तथा खोप कार्यक्रममार्फत स्वास्थ्य सेवा सुदृढ गर्दै आएको पनि उनले जानकारी दिए।

वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङले १० लाख रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गरी आवश्यक उपकरणसहित प्रसूति सेवा सुरु गरिएको बताए।

स्थानीय जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा उपलब्ध गराएपछि स्वास्थ्य संस्था निर्माण सम्भव भएको हो। केन्द्र सञ्चालनसँगै कैलाश बैकुण्ठसहित आसपासका क्षेत्रका गर्भवती महिलाले सहज र सुरक्षित प्रसूति सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...