२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू लागि परेको बताएका छन् ।
वडा कार्यालयबाट गरेको कार्यको समीक्षा र आगामी योजनाको लागि सुझाव संकलन भेलामा बोल्दै अध्यक्ष सिग्देलले भौतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिको विकास, विभिन्न सामाजिक अभियान सञ्चालन गरि वडालाई चौतर्फी विकास गर्न अग्रसर रहेको जानकारी दिए ।
उनले वडाका विभिन्न टोलबासीहरूले दिएको सुझावलाई आगामी कार्ययोजनामा समावेश गरि वडमा भएका खास समस्याको प्राथमिकताको आधारमा समाधान गर्दै जाने प्रतिबद्वता पनि व्यक्त गरे ।
हेटौँडा र बागमती प्रदेशको राजधानीको मध्ये भाग र घनावस्ति रहेको वडा भएकोले सफा, उज्यालो, हरियाली र सुरक्षित सुविधा सम्पन्न वडाको रूपमा विकास गरिरहेको भेलामा वडा अध्यक्ष सिग्देलले तथ्यसहित आफ्नो भनाई राखेका थिए ।
भेलामा टोल विकास संस्था, विभिन्न सामाजिक संस्था र विभिन्न क्षेत्रका अगुवाहरूको सहभागीता रहेको थियो । २६ वटा टोल विकास संस्थाको तीन चरणमा भएको भेलाको अध्यक्षता वडा सदस्य गीता त्रिपाठीले गरेकी थिइन् । भेलामा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकोटी, वडा सचिव रामप्रसाद गुरागाईँ, श्रमिक मावि, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र शैक्षिक सुधार गुणस्तर समितिका संयोजक श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।