
पर्वले समुदायबीचको एकतालाई थप बलियो बनाउछ : मुख्यमन्त्री लामा
२९ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले २५६९ औं बुद्ध जयन्ती तथा किराँत समुदायको महान पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्दै विविध साँस्कृतिक पर्वहरूले समुदायबीचको एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री लामाले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधतामा एकता र राष्ट्रिय स्वाभिमानलाई देशको साझा पहिचानका रूपमा प्रस्तुत गरे । सन्देशमा उनले भने, “यस प्रकारको साँस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली–नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”
उभौली पर्वको प्रसङ्गमा मुख्यमन्त्री लामाले किराँत समुदायको प्रकृति पुजक परम्परा तथा बाली लगाउने सिजनसँग जोडिएको महत्वको चर्चा गर्दै शुभकामना दिएका छन् । उनले भने, “भूमी, बालीक...