विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल
२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू लागि परेको बताएका छन् ।
वडा कार्यालयबाट गरेको कार्यको समीक्षा र आगामी योजनाको लागि सुझाव संकलन भेलामा बोल्दै अध्यक्ष सिग्देलले भौतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिको विकास, विभिन्न सामाजिक अभियान सञ्चालन गरि वडालाई चौतर्फी विकास गर्न अग्रसर रहेको जानकारी दिए ।
उनले वडाका विभिन्न टोलबासीहरूले दिएको सुझावलाई आगामी कार्ययोजनामा समावेश गरि वडमा भएका खास समस्याको प्राथमिकताको आधारमा समाधान गर्दै जाने प्रतिबद्वता पनि व्यक्त गरे ।
हेटौँडा र बागमती प्रदेशको राजधानीको मध्ये भाग र घनावस्ति रहेको वडा भएकोले सफा, उज्यालो, हरियाली र सुरक्षित सुविधा सम्पन्न वडाको रूपमा विकास गरिरहेको भेलामा वडा अध्यक्ष सिग्देलले तथ्यसहित आफ्नो भनाई राखेका थिए ।
...

















