पर्वले समुदायबीचको एकतालाई थप बलियो बनाउछ : मुख्यमन्त्री लामा

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले २५६९ औं बुद्ध जयन्ती तथा किराँत समुदायको महान पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्दै विविध साँस्कृतिक पर्वहरूले समुदायबीचको एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री लामाले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधतामा एकता र राष्ट्रिय स्वाभिमानलाई देशको साझा पहिचानका रूपमा प्रस्तुत गरे । सन्देशमा उनले भने, “यस प्रकारको साँस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली–नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”

उभौली पर्वको प्रसङ्गमा मुख्यमन्त्री लामाले किराँत समुदायको प्रकृति पुजक परम्परा तथा बाली लगाउने सिजनसँग जोडिएको महत्वको चर्चा गर्दै शुभकामना दिएका छन् । उनले भने, “भूमी, बालीको पूजाका साथमा विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको कामना आदानप्रदान गरी यो पर्व मनाउने परम्परा रहिआएको छ ।”

साँस्कृतिक जर्गेना, मौलिक उत्पादन र पहिचानको संरक्षणमा उभौली पर्वले महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्दै उनले सबै प्रदेशबासीलाई संस्कृतिको संरक्षण तथा उत्पादन र उद्यममा सक्रिय भूमिका खेल्न आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...