२९ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले २५६९ औं बुद्ध जयन्ती तथा किराँत समुदायको महान पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्दै विविध साँस्कृतिक पर्वहरूले समुदायबीचको एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री लामाले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधतामा एकता र राष्ट्रिय स्वाभिमानलाई देशको साझा पहिचानका रूपमा प्रस्तुत गरे । सन्देशमा उनले भने, “यस प्रकारको साँस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली–नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छु ।”
उभौली पर्वको प्रसङ्गमा मुख्यमन्त्री लामाले किराँत समुदायको प्रकृति पुजक परम्परा तथा बाली लगाउने सिजनसँग जोडिएको महत्वको चर्चा गर्दै शुभकामना दिएका छन् । उनले भने, “भूमी, बालीको पूजाका साथमा विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको कामना आदानप्रदान गरी यो पर्व मनाउने परम्परा रहिआएको छ ।”
साँस्कृतिक जर्गेना, मौलिक उत्पादन र पहिचानको संरक्षणमा उभौली पर्वले महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्दै उनले सबै प्रदेशबासीलाई संस्कृतिको संरक्षण तथा उत्पादन र उद्यममा सक्रिय भूमिका खेल्न आव्हान समेत गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।