पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न प्रेस सेन्टर बागमती र मकवानपुरको माग

२८ बैशाख, हेटौँडा । पत्रकारको सुरक्षा माग गर्दै प्रेस सेन्टरले बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुर कार्यसमितिले संयुक्त रूपमा पत्रकारको हकहित र सुरक्षाको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश र मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

केन्द्रीय कार्यक्रमअनुसार प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाएको प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष धुव्र अधिकारीले जानकारी दिए। अध्यक्ष अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझामार्फत मन्त्री सुरजचन्द्र लामिछानेलाई र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो।

पछिल्लो समय सञ्चारकर्मीमाथि हुन थालेका विभिन्न खालका आक्रमणप्रति ज्ञापनपत्रमार्फत गम्भीर चिन्ता व्यक्त गरिएको छ। संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित बन्न थालेकामा दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको छ।

१७ बुँदे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग, न्यूनतम पारिश्रमिक कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारीसाधन खरिदमा भन्सार छुटलगायतका माग समावेश गरिएको अध्यक्ष अधिकारीले बताए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गरिन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...