मकवानपुर–२ मा बुद्ध लामाको अभियान तीव्र विकास र सुशासनका लागि कांग्रेसलाई जिताउन आग्रह

७ फागुन, हेटौंडा । आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवार बुद्ध लामा ले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् ।

कघरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै लामाले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले लामो समयदेखि क्षेत्र नं. २ मा विद्यमान सुकुम्बासी, भूमिहीन, शिक्षा, स्वास्थ्य, सडक तथा बेरोजगारीलगायतका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।

लामाले यस क्षेत्रमा कम्युनिष्ट दलहरूले पटकपटक निर्वाचन जित्दै आए पनि स्थानीयस्तरमा अपेक्षाअनुसार विकासको गति बढाउन नसकेको दाबी गरे । रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढीकरणमा कमजोरी देखिएको उनको भनाइ छ ।

निर्वाचन जितेमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा सामाजिक क्षेत्रका समस्याको समाधानका लागि नीतिगत पहल गर्ने उनले बताए ।

स्थानीय मतदातासँगको भेटमा उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र सडक पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मकवानपुर–२ मा उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...