चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

१६ फागुन, हेटौँडा । घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घर भित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा बिहीबार राति स्थानीय मिन बहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् ।

चोरी गर्ने उदेश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिन बहादुर र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । तर देवीमायाले नजिकै रहेको घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको र उनको टाउको, मुख र शरिरमा बिभिन्न भागमा चोट लागेको छ । उनलाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

यस्तै भ्लोन दम्पती पनि घाइते भएको प्रवक्ता अर्यालले जानकारी दिए । भ्लोन दम्पतीको अवस्था सामान्य रहेको र उनीहरुको हेटौँडा अस्पतालम उपचार भइरहेको छ । घटनाको जानकारी पाए लगतै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरीले उनीलाई उद्दार गरी उपचारको लागी हेटौँडा ल्याएको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...