चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

१६ फागुन, हेटौँडा । घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घर भित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा बिहीबार राति स्थानीय मिन बहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् ।

चोरी गर्ने उदेश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिन बहादुर र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । तर देवीमायाले नजिकै रहेको घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको र उनको टाउको, मुख र शरिरमा बिभिन्न भागमा चोट लागेको छ । उनलाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

यस्तै भ्लोन दम्पती पनि घाइते भएको प्रवक्ता अर्यालले जानकारी दिए । भ्लोन दम्पतीको अवस्था सामान्य रहेको र उनीहरुको हेटौँडा अस्पतालम उपचार भइरहेको छ । घटनाको जानकारी पाए लगतै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरीले उनीलाई उद्दार गरी उपचारको लागी हेटौँडा ल्याएको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...