महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

५ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट काठमाडौं जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा रतरोन्नति गर्नका लागि आइतबारदेखि डेढ महिनाका लागि बन्द गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिका–५ कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आगामी २१ चैतसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो । वडा अध्यक्ष दुतराज तितुङले उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन बन्द रहने बताए ।

उनका अनुसार गाउँपालिका–५ स्थित महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको हो । उनले यसअवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।

यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौंतर्फको विभिन्न भागहरूमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नतिको कार्यहरू भइरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...