१४ जेठ, हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ। काठमाण्डौं महानगरपालिका–१२ लाजिम्पाट निवासी १७ वर्षीय नामसोज हगंजबेगुको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो हगंजबेगु आफ्ना आठ जना साथीहरूसँग भिमफेदी घुम्न आएका थिए। सोही क्रममा कोगटे खोलामा पौडी खेल्ने क्रममा उनी अचानक डुबेका थिए।
साथीहरूले प्रहरी आउनु अघि नै उनलाई पानीबाट निकाली नजिकैको स्थानीय स्वास्थ्य चौकी सिस्नेरीमा पुर्याएका थिए। उपचारको क्रममा साँझ ९ बजे उनको मृत्यु भएको डिएसपी अर्यालले बताए । उनका अनुसार, मृतकको शव पोष्टमार्टमका लागि आफन्तको जिम्मा लगाईए शिक्षण अस्पताल, महाराजगञ्ज काठमाण्डौं पठाइएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।