भीमफेदी

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म ९१९ दिन० बन्द गरिने भएको हो । १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी...
डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
२१ वैशाख, हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको छ । गएरातिदेखि परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अबरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झण्डै दुईहप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।...
कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

कुखुरा आँगनमा आएको निहुँमा छोराले हानेको गोली लागी बाबु घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरमा छोराले हानेको गोली लागेर बाबु घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घटना जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ९ अघोरमा भएको हो । बुधबार स्थानीय ३५ वर्षीय इमान सिं थिङले आफ्नो ५९ वर्षीय बाबु कान्छाराम थिङलाई भरुवा बन्दुकबाट गोली हानेका थिए । गोली लागेका कान्छारामको अवस्था सामान्य रहेको मकावानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइते कान्छारामको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा छर्राले लागेर चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले छोरा इमान सिंलाई लाइसेन्स नभएको एक थान एक नाले भरुवा बन्दुसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कुखुरा आफ्नो आँगन तर्फ आएको भन्ने बिषयम...
मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

मकवानपुर गोल्डकपको हिसाब किताब डेढ वर्षपछि सार्वजनिक, हिसाब किताब छैन पारदर्शी 

Breaking News 1, इन्द्रसरोवर, कैलास, खेलकुद, बागमती, भीमफेदी, मकवानपुरगढी, समाचार, स्थानीय, स्वास्थ्य, हेटौँडा
६ वैशाख, हेटौंडा । प्रतियोगिता सम्पन्न भएको डेढ वर्षमा मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक भएको छ । शनिबार मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै मकवानपुर गोल्डकपको हिसाब किताब सार्वजनिक गरेको हो । संघको आयोजनामा गत २०८० माघमा सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । मकवानपुरको १० वटा स्थानीय तहको आर्थिक सहयोगमा हुने गरेको उक्त गोल्डकपको आम्दानी खर्च भने हरेक वर्ष अपार्दशी हुने गरेको छ । छैठौ संस्करणको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगित २०८० को आम्दानी तथा खर्च पनि पारदर्शी हुन सकेको देखिदैन । संघले सार्वजनिक गरेको गोल्डकपको आम्जानी तथा खर्च विवरणमा एकै प्रकृतिका खर्च शिर्षकहरु पटक पटक दोहोरीएका छन् भने नगरेको शिर्षकमा पनि खर्च भएको विवरण सार्वजनिक गरेको हो । संघले शनिबार सार्वजनिक गरेको गोल्डकको खर...
मकवानपुरको दशवटै स्थानीय तहमा पुग्यो भूमि समस्या समाधान आयोग

मकवानपुरको दशवटै स्थानीय तहमा पुग्यो भूमि समस्या समाधान आयोग

Breaking News 2, अर्थ, ताजा अपडेट, भीमफेदी, समाचार
५ वैशाख, हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा जिल्लाको दशवटै स्थानीय तहमा पुगेको छ । विहीवार मकवानपुरको भीमफेदी गाउापालिकामा एकदिने अझिमुखीकरण तथा अन्तरक्रिया कार्यत्रम गरेसागै दशवटै गाउापालिकाको आयोगको अभियान पुगेको हो । यसअघि आयोगले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती, राक्सिराङ, इन्द्रसरोबर, मनहरी, बकैया, कैलाश र मकवानफुरगढी अन्तरक्रिया कार्यत्रम सञ्चालन गरिसकेको छ । भीमफेदी गाउापालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष र भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आथिथ्यता रहेको थियो । आयोग अध्यक्ष बलराम बलले गाउापालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भैसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०–५० दिनसम्ममा लालपूर्जा बितरण ...
श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

Breaking News 1, अर्थ, ताजा अपडेट, भीमफेदी, समाचार
  २६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोष मार्फत् श्रमिकहरुलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाज विकासमा श्रमिकहरुको भुमिका उत्कृष्ट रहेको उनको भनाई थियो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको व्यवस्थापन र विकासका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण सावित भएको उल्लेख गर्दै कोष मार्फत् वर्तमानसंगै भविषयमा श्रमिकहरुको जीवन र परिवारमा सहजता आउने उनले दावी गरे । ‘समाजको समुचित विकासका लागि श्रमिकहरूको सुरक्षा अपरिहार्य छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई आत्मनिर्भर बनाउने भुमिका खेलेको छ...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मनोरञ्जन, शिक्षा, समाचार
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, भीमफेदी
महेन्द्रनगर -कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ । उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडा...