२६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोष मार्फत् श्रमिकहरुलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाज विकासमा श्रमिकहरुको भुमिका उत्कृष्ट रहेको उनको भनाई थियो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको व्यवस्थापन र विकासका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण सावित भएको उल्लेख गर्दै कोष मार्फत् वर्तमानसंगै भविषयमा श्रमिकहरुको जीवन र परिवारमा सहजता आउने उनले दावी गरे । ‘समाजको समुचित विकासका लागि श्रमिकहरूको सुरक्षा अपरिहार्य छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई आत्मनिर्भर बनाउने भुमिका खेलेको छ । कोषमा आवद्ध भएपछि श्रमिकहरुले दीर्घकालीन लाभ प्राप्त गरिरहेका छन् ।’ उनले भने । मुख्यमन्त्री लामाले भीमफेदीको उदाहरणीय कार्यलाई प्रदेशका ११९ वटै स्थानीय तहले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बर्तौलाले सरकारले श्रमिकहरुको सुरक्षा र आयआर्जनमा सहजता पु¥याउन सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएको बताए । उनले संगठित वा असंगठित क्षेत्रका श्रमिकको जीवन र उनीहरुको परिवारलाई सबल बनाउन सरकार प्रयत्नरत रहेको दावी गरे । यस्तै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले श्रमिकहरुको भविष्य सुरक्षित बनाउन गाउँपालिकाले सामाजिक सुरक्षामा आवद्ध गराउन पहल गरेको जानकारी दिए । श्रमिकहरुको जीवनस्तर उकास्न सामाजिक सुरक्षा कोषमा आवद्धताले ठूलो योगदान पुगेको उनको भनाई छ ।
गत वर्षदेखि सुरु भएको उक्त कार्यक्रम मार्फत गाउँपालिकाले हरेक वर्ष एकसय जना अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता गराउँदै आएको छ ।
अध्यक्ष लामाले यसवर्ष सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा कार्यरत ९९ जना (सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने) श्रमिकलाई आवद्ध गराएको हो । यस्तै पालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो । भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने पहिलो पालिका हो ।
भीमफेदीले चालु आर्थिक वर्षका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत (१ हजार १९० रुपैयाँ) र गाउँपालिकाको तर्फबाट ९.३७ प्रतिशत (१ हजार १४ रुपैयाँ)थप गरी २०.३७ प्रतिशत (२ हजार २०४ रुपैयाँ) मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।