Day: March 10, 2025

हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२६ फागुन, हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो । किङ्कमले उपाधिसँगै नगद एक लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखी भएको प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा किङ्कम भेट्रानले फ्रिडम फाइटरलाई ३–२ गोल अन्तरले हराउन सफल भयो । प्रतियोगितामा उपविजेता भएको फ्रिडम फाईटरले नगद ७५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताका सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा ...
श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

Breaking News 1, अर्थ, ताजा अपडेट, भीमफेदी, समाचार
  २६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोष मार्फत् श्रमिकहरुलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाज विकासमा श्रमिकहरुको भुमिका उत्कृष्ट रहेको उनको भनाई थियो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको व्यवस्थापन र विकासका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण सावित भएको उल्लेख गर्दै कोष मार्फत् वर्तमानसंगै भविषयमा श्रमिकहरुको जीवन र परिवारमा सहजता आउने उनले दावी गरे । ‘समाजको समुचित विकासका लागि श्रमिकहरूको सुरक्षा अपरिहार्य छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई आत्मनिर्भर बनाउने भुमिका खेलेको छ...
तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाई नहुँने दावी गरेका छन् । उनले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । सोमबार हेटौँडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दलको पाँचौ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने स्पष्ट पारे । ‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसिमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौ,’ उनले भने, ‘जिल्लाका साथीहरुले पनि सोहि अनुसार तयारी थाल्नुस ।’ अध्यक्ष गुरुङले अब पनि महाधिवेशन हुन्न कि भन्ने दुविधामा नरहन आग्रह गरे । उनले मातृ पार्टी कांग्रेसलाई गतिशिल र जनताको पार्टी बनाउन तरुण र युवाहरु लाग्नुपर्ने बेला आएको बताए । मुलुकमा भएका सबै परिवर्तनको न...
जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्नुपर्छ: राष्ट्रपति पौडेल 

जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्नुपर्छ: राष्ट्रपति पौडेल 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उदघाटन गर्दै उनले जलवायु न्यायको मुद्धालाई विश्वजगतमा पु¥याउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे । उनले विश्वका कतिपय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्वन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढि असर परेको पनि  उल्लेख ...
काठमाण्डौ महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

काठमाण्डौ महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौँडा । काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पु¥याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले हिजो आइतबार पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यसमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरीवाना तोकिएको हो । राप्रपाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा प्रदर्शन गरेको थियो ।...
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

खेलकुद, ताजा अपडेट, समाचार
२६ फागुन, हेटौँडा । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति सम्पन्न भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायएको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २÷२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २÷२ विकेट लिए । तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने क्रममा भारत प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्...