हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

२६ फागुन, हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो ।

किङ्कमले उपाधिसँगै नगद एक लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखी भएको प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा किङ्कम भेट्रानले फ्रिडम फाइटरलाई ३–२ गोल अन्तरले हराउन सफल भयो ।

प्रतियोगितामा उपविजेता भएको फ्रिडम फाईटरले नगद ७५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताका सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भए उनले नगद १० हजार सँगै ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट कोच किङकम भेट्रान्सका राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्डर सञ्जय राना मगर घोषित हुँदा फ्रिडम फाईटरका उदय बहादुर गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए ।

प्रतियोगिताका विद्यागत उत्कृष्टहरुले जनही ५÷५ हजारसहित ट्रफी प्राप्त गरेको संयोजक गौतमले बताए । प्रतियोगिताको विजेता एवं उपविजेतसहित उत्कृष्ट खेलाडीहरुलाई हेटाँैडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा शिक्षासेवी पुरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य एवं मकवानपुर अध्यक्ष टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधब कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...