हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

२६ फागुन, हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो ।

किङ्कमले उपाधिसँगै नगद एक लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखी भएको प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा किङ्कम भेट्रानले फ्रिडम फाइटरलाई ३–२ गोल अन्तरले हराउन सफल भयो ।

प्रतियोगितामा उपविजेता भएको फ्रिडम फाईटरले नगद ७५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताका सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भए उनले नगद १० हजार सँगै ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट कोच किङकम भेट्रान्सका राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्डर सञ्जय राना मगर घोषित हुँदा फ्रिडम फाईटरका उदय बहादुर गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए ।

प्रतियोगिताका विद्यागत उत्कृष्टहरुले जनही ५÷५ हजारसहित ट्रफी प्राप्त गरेको संयोजक गौतमले बताए । प्रतियोगिताको विजेता एवं उपविजेतसहित उत्कृष्ट खेलाडीहरुलाई हेटाँैडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा शिक्षासेवी पुरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य एवं मकवानपुर अध्यक्ष टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधब कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...