२६ फागुन, हेटौँडा । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति सम्पन्न भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायएको हो ।
न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २÷२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २÷२ विकेट लिए ।
तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने क्रममा भारत प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।