जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्नुपर्छ: राष्ट्रपति पौडेल 

२६ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् ।

भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उदघाटन गर्दै उनले जलवायु न्यायको मुद्धालाई विश्वजगतमा पु¥याउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे ।

उनले विश्वका कतिपय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्वन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढि असर परेको पनि  उल्लेख गरे ।

राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेकोे उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सँघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्षेनी थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए ।

‘२०७२ सालमा महाभूकम्प गएको एकदशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको मीमांसा पनि यस सम्मेलनमा गरिने भएकाले यसको महत्व विशेष रूपमा रहेको छ भन्ने मैले ठानेको छु ।’ उनले भने ।

राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानीखनिजको अवस्थिति, अन्वेषण, भूविपत्, जलवायु परिवर्तन र भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विशद् विमर्श हुने विश्वास व्यक्त गरे ।

प्राकृतिक स्रोतको उत्खनन्, सदुपयोग र बजार ब्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न यो सम्मेलन उपयोगी हुनेछ भन्ने राष्ट्रपति पौडेलको अपेक्षा थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...