दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

महेन्द्रनगर –कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ ।
उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ ।

त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडाध्यक्ष बस्नेतको भनाई छ । वडाका सडक स्तरोन्नती गरि चालु आर्थिक वर्षभित्रका काम सम्पन्न गरि सक्ने लक्ष्य रहेको छ ।
वडाध्यक्ष बस्नेतले संघ र प्रदेश सरकारको बजेट अन्तरगत करिब चार करोड बजेट चार दशमलव पाँच किलोमिटर बढी सडक कालोपत्रेका लागि योजना सञ्चालन गरिएको बताए । “कच्ची सडक हुदाँ स्थानीइले सास्ती खेप्नु परेको थियो ।” वडाध्यक्ष बस्नेतले “केन्द्रदेखि प्रदेशसम्म धाएर सडक कालोपत्रेका लागि बजेट विनियोजन गराउन सफल भएका छौँ, यसै आर्थिक वर्षमा सडक कालोपत्रेको काम सम्पन्न हुन्छ ।” वडाका अन्य सडक स्तरोन्नतीका लागि चाँडै योजना सुरु गरिने उनको दावि छ ।

सडक कालोपत्रे हुन थालेपछि स्थानीयले खुसील व्यक्त गरेका छन् । सोनाखरी टोलका स्थानीय अनिल थापाले सडक निर्माण कार्य सुरु भएको खुसी व्यक्त गरे । उनले वडाध्यक्षको चुनावी प्रतिवद्धता अनुसार सडक कालोपत्रेका काम भईरहेको बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । त्यस्तै अर्की स्थानीय कमला थापा मगरले पनि पक्की सडक नहुदाँ बालबालिका लागि विद्यालय पठाउन समेत समस्या हुने गरेको बताउँदै कालोपत्रे सडक निर्माणपछि सहज हुने आशा व्यक्त गरिन् । सडक पुर्वाधार निर्माणसँगै वडाको समग्र विकासका लागि वडाध्यक्ष बस्नेत सक्रिय भएर काम गदैँ आईरहेका छन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज