बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

१० भदौ, हेटौँडा । एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले त्रिभुवन राजमार्गअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघझोरा खहरेको समस्या दीर्घकालीन समाधानका लागि ओभरब्रिज वा अण्डरपास निर्माण गर्न माग गरेका छन्।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासँग भेट गरी सांसद बर्तौलाले बाघझोराको ग्राभेलसहितको भेल बाढीले बारम्बार सडक अवरुद्ध गर्ने समस्या हल गर्न ध्यानाकर्षण गराएका हुन्।

‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग हुँदै देशभर आवतजावत गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो। सामान्य वर्षामा समेत खहरे बाढीले सडक घण्टौँसम्म बन्द हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्राविधिक हिसाबले उपयुक्त अण्डरपास वा ओभरब्रिज निर्माण आवश्यक छ।’

सांसद बर्तौलाले तत्काल अध्ययन सुरु गरी संरचना निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। सांसद बर्तौलाको मागप्रति मन्त्री दाहालले मन्त्रालयले बाघझोराको समस्यालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै समाधानका लागि गम्भीर रहेको बताए। उनले सचिव शर्मालाई तत्काल अध्ययन प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...