बागीभुगोल साप्ताहिकको राक्सिराङ्गमा बिमोचन, गाउँको आवाज गाउँबाट उठाउने संकल्प

२६ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार ‘बागीभुगोल साप्ताहिक’ पत्रिकाको औपचारिक बिमोचन गरिएको छ । गाउँमै आयोजित कार्यक्रममा पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयवस्तु समेट्ने प्रतिबद्धता जनाएको छ ।

पत्रिकाको उद्देश्य ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने रहेको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा फरक ढंगले, चेपाङ र बनकरिया समुदायका मुद्दा, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूल जस्ता स्थानीय बिषयहरूलाई प्राथमिकता दिने बागीभुगोलले जनाएको छ ।

बिमोचन समारोहमा प्रमुख अतिथि तथा राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले हालको पत्रकारिता उद्घाटन र कार्यक्रममै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, “पत्रकारिता खोजमा आधारित हुनुपर्छ । उद्घाटन र चिल्ला महलका समाचार लेख्नेले गाउँका दुःख–पीडा बुझ्दैनन् । अहिले अनलाइन मिडियाले भ्रम फैलाएको अवस्थामा यस्ता भुईपत्रिकाको आवश्यकता झन् बढेको छ,” उनले बताए ।

सभाध्यक्ष एवं बागीभुगोलका संस्थापक रामकुमार एलनले राक्सिराङ्ग, मनहरी र कैलाशका विगतका संघर्ष र योगदान स्मरण गर्दै भने, “यी गाउँले नै बागमती प्रदेशको राजधानी हेटौँडालाई धानिरहेका छन् । तर, यदि गाउँ फेरि उपेक्षित रह्यो भने यसको अस्तित्व हराउनेछ । बागीभुगोलले यही आवाजलाई मुखरित गर्नेछ,” उनले जोड दिए ।

कार्यक्रममा पूर्व कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष उत्तम वाइवा, ग्लोबल आइएमई बैंक राक्सिराङ्ग शाखा प्रमुख रुद्र घलान, गाउँपालिकाका अधिकृत चुन नारायण श्रेष्ठ र चैनपुर प्रहरी प्रमुख दिपेन्द्र ढकाल लगायतको उपस्थिति थियो ।

सह–सम्पादक रुद्र तिमल्सिनाले कार्यक्रममा बागीभुगोल साप्ताहिकको उद्देश्य, प्रकाशन योजना र ग्रामीण पत्रकारिताको भूमिका बारे जानकारी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...