बागीभुगोल साप्ताहिकको राक्सिराङ्गमा बिमोचन, गाउँको आवाज गाउँबाट उठाउने संकल्प

२६ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार ‘बागीभुगोल साप्ताहिक’ पत्रिकाको औपचारिक बिमोचन गरिएको छ । गाउँमै आयोजित कार्यक्रममा पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयवस्तु समेट्ने प्रतिबद्धता जनाएको छ ।

पत्रिकाको उद्देश्य ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने रहेको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा फरक ढंगले, चेपाङ र बनकरिया समुदायका मुद्दा, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूल जस्ता स्थानीय बिषयहरूलाई प्राथमिकता दिने बागीभुगोलले जनाएको छ ।

बिमोचन समारोहमा प्रमुख अतिथि तथा राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले हालको पत्रकारिता उद्घाटन र कार्यक्रममै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, “पत्रकारिता खोजमा आधारित हुनुपर्छ । उद्घाटन र चिल्ला महलका समाचार लेख्नेले गाउँका दुःख–पीडा बुझ्दैनन् । अहिले अनलाइन मिडियाले भ्रम फैलाएको अवस्थामा यस्ता भुईपत्रिकाको आवश्यकता झन् बढेको छ,” उनले बताए ।

सभाध्यक्ष एवं बागीभुगोलका संस्थापक रामकुमार एलनले राक्सिराङ्ग, मनहरी र कैलाशका विगतका संघर्ष र योगदान स्मरण गर्दै भने, “यी गाउँले नै बागमती प्रदेशको राजधानी हेटौँडालाई धानिरहेका छन् । तर, यदि गाउँ फेरि उपेक्षित रह्यो भने यसको अस्तित्व हराउनेछ । बागीभुगोलले यही आवाजलाई मुखरित गर्नेछ,” उनले जोड दिए ।

कार्यक्रममा पूर्व कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष उत्तम वाइवा, ग्लोबल आइएमई बैंक राक्सिराङ्ग शाखा प्रमुख रुद्र घलान, गाउँपालिकाका अधिकृत चुन नारायण श्रेष्ठ र चैनपुर प्रहरी प्रमुख दिपेन्द्र ढकाल लगायतको उपस्थिति थियो ।

सह–सम्पादक रुद्र तिमल्सिनाले कार्यक्रममा बागीभुगोल साप्ताहिकको उद्देश्य, प्रकाशन योजना र ग्रामीण पत्रकारिताको भूमिका बारे जानकारी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...