राक्सिराङ्ग

प्रदेश सांसद पाठकमार्फत चेपाङ समुदायले प्रधानमन्त्रीलाई पठाए चिउरी उपहार

प्रदेश सांसद पाठकमार्फत चेपाङ समुदायले प्रधानमन्त्रीलाई पठाए चिउरी उपहार

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, समाचार
२५ जेठ, हेटोँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई परम्परागत वनउपज ‘चिउरी’ उपहारस्वरूप प्रदान गरेका छन् । बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत पठाइएको उक्त उपहार विशेष बाँसको टोकरी ‘पेरुङ्गो’ मा राखेर पठाइएको थियो । आइतबार उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त उपहारले केवल चिउरी मात्र नभई समुदायको विश्वास, संस्कृति र आशा पनि सँगै आएको अनुभूति भएको बताएको प्रदेश सांसद पाठकले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीले चिउरी प्रवद्र्धनमार्फत चेपाङ समुदायको आर्थिक समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘चेपाङ समुदायको जीवनशैली, परम्परा र जीविकोपार्जनसँग गहिरो सम्बन्ध रहेको चिउरीलाई प्रवद्र्धन गर्दै समृद्धिको आधार बनाउने सोचमा छु,’ प्रधानमन्त्री ओलीले भने, ‘वन स्रोतको दीगो उपयोग, जैविक विविध...
प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
५ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्लास्टिकजन्य भाँडाकुँडालाई विस्थापित गर्ने लक्ष्यसहित सालको पातबाट दुना, टपरी र कचौरा उत्पादन सुरु गरेको छ। गाउँमै उपलब्ध सालको पातको सदुपयोग गर्दै वातावरणमैत्री सामग्री उत्पादन गर्न थालिएको हो। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्यमा दुना–टपरीको व्यावसायिक उत्पादन सुरु गरिएको हो। यसका लागि गाउँपालिकाले १५ दिने तालिम संचालन गरी दक्ष जनशक्ति तयार पारिसकेको छ। तालिममार्फत सहभागीहरूले पातबाट विभिन्न सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने तरिका, मेसिनको प्रयोग विधि तथा बजार व्यवस्थापनबारे ज्ञान हासिल गरेका छन्। गएको आइतबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले दुना–टपरी बनाउने आधुनिक मेसिन ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२४ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८स्१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाइएको हो। बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब। घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको...
बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

Breaking News 1, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, समाचार
२३ बैशाख, हेटौँडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यता हटेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका ३ वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय हर्षित बनेका छन् । राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो । २०७४ को निर्वाचन प...
पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२८ फागुन, हेटौँडा । भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नो अभियानलाई तीव्र दिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा गरिएको छ । यसअघि आयोगले मकवानपुरको बागमती गाउँपालिका र थाहा नगरपालिकामा अन्तरक्रिया गरिसकेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मकवानपुरको विकट भनिएको यो गाउँपालिकाका बासिन्दाको समास्या समाधानमा भूमि आयोगले काम गर्ने बताए । जनतालाई आश्वासन मात्र हैन कामनै गर्नेगरी हाम्रो समितिले काम गर्नेछ, आयोगका अध्यक्ष बलले भने ‘हाम्रो समितिले काम गरेपछी जिल्लामा अर्को भूमि समस्या समाधान आयोगको गठन गरिरहनु पर्ने अवस्था आउँदैन ।’ आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट स...
राक्सिराङमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न

राक्सिराङमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न

Breaking News 2, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
२५ फागुन, हेटौँडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले आइतबार क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । राक्सिराङ–५ चैनपुरमा भएको कार्यक्रममा पालिका सभापति वीरेन्द्र जिम्बाको सभाध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफु माथि आएका जनगुनासोप्रति जवाफ दिदैँ फोटो खिच्ने र भ्रमको खेती गर्ने माननीय भन्दा विकासको लहर ल्याउने माननीय बन्न चाहेको बताए । जनगुनासो आउनु स्वभाविक रहेको बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रममा पुग्न नसकेको बताए । मनहरी–मलेखु निस्कने बाटोले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै कांग्रेसले नै विकासको लहर ल्याउने सभापति बानियाँले दावी गरे । यस क्षेत्रक...
बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

अर्थ, खेलकुद, बागमती, राक्सिराङ्ग, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयोग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गर्नुभएको छ । बागमती(४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त ...
माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

Breaking News 1, बकैया, राक्सिराङ्ग, राजनीति, समाचार
३ फागुन,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरुबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन् । नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमान्दार माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने विषय प्रष्ट भएको उनको भनाइ छ । सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै...
बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

Breaking News 2, राक्सिराङ्ग, समाचार, हेटौँडा
१ फागुन, हेटौँडा । बामती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बिहीबार एक भव्य कार्यक्रमकाबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न ५१ सूचक पूरा भएसँगै हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । यसअघि विभिन्न समयमा हेटौँडाका १९ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । यो घोषणासँगै हेटौँडा उपमहानगरपालिका निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकहरु पुरा गरेपछि हेटौँडालाई बाल...