बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

१ फागुन, हेटौँडा । बामती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बिहीबार एक भव्य कार्यक्रमकाबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न ५१ सूचक पूरा भएसँगै हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । यसअघि विभिन्न समयमा हेटौँडाका १९ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । यो घोषणासँगै हेटौँडा उपमहानगरपालिका निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकहरु पुरा गरेपछि हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको घोषणा मूल समारोह समितिकी संयोजक एवं उपमहानगरपालिकाकी मेयर मिना लामाले जानकारी दिइन् ।
बालमैत्री स्थानीय शासनका ५१ सूचकहरु मध्ये उपमहानगरपालिकाले ४३ वटा सूचकमा सत् प्रतिशत र बाँकी सूचकमा आवश्यक नतिजा हाँसिल गरेको उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार २६१.५८ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहको जनसंख्या ५० हजार १९५ रहेका छ । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ५२.८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् ।
उपमेयर बानियाँले उपमहानगरपालिकामा २६५ टोल स्तरीय र १०६ वटा बाल समूह, १९ वटा वडास्तरीय र १ नगरस्तरीय सञ्जालसहित ३९१ वटा बालबालिकाका संरचना क्रियाशील रहेका छन् । ती संरचनागत समितिहरुमा ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमेयर बानियाँले जानकारी दिए ।
घोषणा कार्यक्रममा नगरभित्रका विद्यालयहरुबाट विभिन्न झाँकी र ब्यानरसहित बालबालिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले गित, नृत्य, नाटक लगाएतका प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...