बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

१ फागुन, हेटौँडा । बामती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बिहीबार एक भव्य कार्यक्रमकाबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न ५१ सूचक पूरा भएसँगै हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । यसअघि विभिन्न समयमा हेटौँडाका १९ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । यो घोषणासँगै हेटौँडा उपमहानगरपालिका निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकहरु पुरा गरेपछि हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको घोषणा मूल समारोह समितिकी संयोजक एवं उपमहानगरपालिकाकी मेयर मिना लामाले जानकारी दिइन् ।
बालमैत्री स्थानीय शासनका ५१ सूचकहरु मध्ये उपमहानगरपालिकाले ४३ वटा सूचकमा सत् प्रतिशत र बाँकी सूचकमा आवश्यक नतिजा हाँसिल गरेको उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार २६१.५८ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहको जनसंख्या ५० हजार १९५ रहेका छ । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ५२.८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् ।
उपमेयर बानियाँले उपमहानगरपालिकामा २६५ टोल स्तरीय र १०६ वटा बाल समूह, १९ वटा वडास्तरीय र १ नगरस्तरीय सञ्जालसहित ३९१ वटा बालबालिकाका संरचना क्रियाशील रहेका छन् । ती संरचनागत समितिहरुमा ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमेयर बानियाँले जानकारी दिए ।
घोषणा कार्यक्रममा नगरभित्रका विद्यालयहरुबाट विभिन्न झाँकी र ब्यानरसहित बालबालिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले गित, नृत्य, नाटक लगाएतका प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज