पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

२८ फागुन, हेटौँडा । भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नो अभियानलाई तीव्र दिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा गरिएको छ ।

यसअघि आयोगले मकवानपुरको बागमती गाउँपालिका र थाहा नगरपालिकामा अन्तरक्रिया गरिसकेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मकवानपुरको विकट भनिएको यो गाउँपालिकाका बासिन्दाको समास्या समाधानमा भूमि आयोगले काम गर्ने बताए ।

जनतालाई आश्वासन मात्र हैन कामनै गर्नेगरी हाम्रो समितिले काम गर्नेछ, आयोगका अध्यक्ष बलले भने ‘हाम्रो समितिले काम गरेपछी जिल्लामा अर्को भूमि समस्या समाधान आयोगको गठन गरिरहनु पर्ने अवस्था आउँदैन ।’ आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने उनले बताए । तयार भएका फाईलहरु समयमानै आयोगमा पठाउने व्यवस्था मिलाउन उनले जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरे ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रमाणिकरण भएका फाइलहरु अड्केर बसेको धेरै भयो अब यस्तो अवस्था नआएर जनतालाई आयोगले सहज वातावरण बनाइदिनुपर्ने बताए । ‘राक्सिराङ मकवानपुरको विकट क्षेत्रमा छ,’ अध्यक्ष मल्लले भने, समस्या धेरै छ । चाँडै समाधान गर्न आयोगले आफ्नो काम सुरु गरोस हामी पालिका र वडाबाट फाइल चाँडै पठाउनेछौं ।’

छुट जग्गा दर्ता कायम गर्न भूमि समस्या समाधान आयोगले २ पटक ३५ दिने सूचना समेत प्रकाशित गरिसकेको र अझैपनि छुट जग्गाहरु दर्ता गर्न बाँकी रहेको हुँदा अर्को सूचना प्रकाशित गर्नको लागि समन्वय गरिदिन समेत अध्यक्ष मल्लले अनुरोध गरे ।

राक्सिराङ गाउँपालिकामा भएका ९ वटा वडाहरुबाट प्रमाणिकरण भएका फाइलहरुमध्ये भूमिहिन दलित ३३ जना, भूमिहिन सुकुम्बासी ३५० जना र अव्यवस्थित सुकुम्बासी १३०१ गरी १६८४ परिवारको पहिचान भएको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सदस्य डिल माया घर्ती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीम बहादुर राना, वडा अध्यक्षहरु र पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...