Day: March 12, 2025

पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२८ फागुन, हेटौँडा । भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नो अभियानलाई तीव्र दिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा गरिएको छ । यसअघि आयोगले मकवानपुरको बागमती गाउँपालिका र थाहा नगरपालिकामा अन्तरक्रिया गरिसकेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मकवानपुरको विकट भनिएको यो गाउँपालिकाका बासिन्दाको समास्या समाधानमा भूमि आयोगले काम गर्ने बताए । जनतालाई आश्वासन मात्र हैन कामनै गर्नेगरी हाम्रो समितिले काम गर्नेछ, आयोगका अध्यक्ष बलले भने ‘हाम्रो समितिले काम गरेपछी जिल्लामा अर्को भूमि समस्या समाधान आयोगको गठन गरिरहनु पर्ने अवस्था आउँदैन ।’ आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट स...
राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ फागुन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा राजस्व सुधारका लागि गठन गरिएको अध्ययन समितिसंग छलफल थालेको छ । मन्त्रालयले राजस्व सुधारको लागि गठन गरिएको समितिका सदस्यहरुसंग मंगलबार छलफल गरेको हो । राजस्व सुधार समितिको प्रारम्भिक प्रतिवेदन तथा अध्ययन ढाँचा, विधी लगायतका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्तत नेपाल, प्रदेशका सचिव महादेव पन्थ लगायत प्रदेश सचिव र कर्मचारीहरुसंग छलफल गरिएको हो । समुन्नत प्रदेश निर्माणको लागि राजस्वका स्रोत, संकलनको अवस्था, समस्या लगायतका विषयको विश्लेषण गर्दै राजस्व परिचालनमा सुधार र नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न उक्त समितिले अध्ययन गर्ने छ । समितिले प्रदेशको राजस्वको विद्यमान अवस्था विश्लेषण गर्ने, राजस्व वृद्धि तथा परिचालन, राजस्व परिचालन क्षमता ...