बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

२३ बैशाख, हेटौँडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यता हटेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका ३ वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय हर्षित बनेका छन् ।

राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो ।

२०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा नेता बानियाँले राक्सिराङका बासिन्दाले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धताअनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिब ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराएका थिए । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन थालेको छ ।

शनिबार प्रदेशसभा सदस्य बानियाँसहित गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतको उपस्थितिमा सो सडकको उद्घाटन गरिएको छ । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिवद्धता जनाए । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताए ।

‘आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउन पनि अन्य जिल्ला हुँदै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गराउन मैले पहल गरेर यो छोटो बाटो निर्माण गरेको हुँ ।’ नेता बानियाँले भने –‘यो बाटोको अझ स्तरीकरण साथै एउटा मोटरेबल पुलको आवश्यकता रहेको छ । मेरै कार्यकालमा पुल पनि बनाउने हो ।’ यसअघि राक्सिराङ ६ को सिलिङ्गे, सिलाधुनी, ७ को दामराङ, घिराङ, चरिमारा र ८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्केलगायतका बासिन्दाले भण्डाराबाट करिब २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुइटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।

मनहरी ६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताए । हिउँदमा सडक सञ्चालन हुने अवस्था भएता पनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी ६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताको लागि सडक निर्माण भएको भन्दै प्रदेशसभा सदस्य बानियाँको प्रसंशा गरे । सबै नेता तथा जनप्रतिनिधिले बानियाँलेझैँ काम गरे जनताको मुहारमा खुसी थप्न सकिने बताए । ‘विकास निर्माणमा यो पार्टी त्यो पार्टी भनेर भन्नु हुँदैन । उहाँले त्यहि ढंगले काम गरिरहनुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर पनि फेरि निर्वाचन जित्ने माहोल बनाउनुभाछ ।’ बानियाँको प्रसंशा गर्दै माओवादी नेता शाक्यले भने ।

सडक उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने बताउँदै अध्यक्ष कालाखेतीले पक्की पुल निर्माणमा पनि बानियाँको पहलबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।

सडक उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, मनहरी ६ का वडा सदस्य कुलबहादुर नगरकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मनहरी ६ का कार्यबहाक वडाध्यक्ष विष्णु राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसैबीच मनहरी गाउँपालिकाले शनिबार नै मनहरी ९ स्थित ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको छ । त्यस्तै मनहरी ६ का अशक्त पशुपति थापालाई गाउँपालिकाले ह्वीलचियरसमेत सहयोग गरेको छ । प्रदेश सभा सदस्य बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीलगायतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज