बाटो बनेपछि सदरमुकाम र पालिका आउजाउ गर्न सहज

२३ बैशाख, हेटौँडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यता हटेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका ३ वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय हर्षित बनेका छन् ।

राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ ९ख० का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो ।

२०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा नेता बानियाँले राक्सिराङका बासिन्दाले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धताअनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिब ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराएका थिए । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन थालेको छ ।

शनिबार प्रदेशसभा सदस्य बानियाँसहित गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतको उपस्थितिमा सो सडकको उद्घाटन गरिएको छ । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिवद्धता जनाए । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताए ।

‘आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउन पनि अन्य जिल्ला हुँदै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गराउन मैले पहल गरेर यो छोटो बाटो निर्माण गरेको हुँ ।’ नेता बानियाँले भने –‘यो बाटोको अझ स्तरीकरण साथै एउटा मोटरेबल पुलको आवश्यकता रहेको छ । मेरै कार्यकालमा पुल पनि बनाउने हो ।’ यसअघि राक्सिराङ ६ को सिलिङ्गे, सिलाधुनी, ७ को दामराङ, घिराङ, चरिमारा र ८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्केलगायतका बासिन्दाले भण्डाराबाट करिब २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुइटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।

मनहरी ६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताए । हिउँदमा सडक सञ्चालन हुने अवस्था भएता पनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी ६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताको लागि सडक निर्माण भएको भन्दै प्रदेशसभा सदस्य बानियाँको प्रसंशा गरे । सबै नेता तथा जनप्रतिनिधिले बानियाँलेझैँ काम गरे जनताको मुहारमा खुसी थप्न सकिने बताए । ‘विकास निर्माणमा यो पार्टी त्यो पार्टी भनेर भन्नु हुँदैन । उहाँले त्यहि ढंगले काम गरिरहनुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर पनि फेरि निर्वाचन जित्ने माहोल बनाउनुभाछ ।’ बानियाँको प्रसंशा गर्दै माओवादी नेता शाक्यले भने ।

सडक उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने बताउँदै अध्यक्ष कालाखेतीले पक्की पुल निर्माणमा पनि बानियाँको पहलबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।

सडक उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, मनहरी ६ का वडा सदस्य कुलबहादुर नगरकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मनहरी ६ का कार्यबहाक वडाध्यक्ष विष्णु राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसैबीच मनहरी गाउँपालिकाले शनिबार नै मनहरी ९ स्थित ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको छ । त्यस्तै मनहरी ६ का अशक्त पशुपति थापालाई गाउँपालिकाले ह्वीलचियरसमेत सहयोग गरेको छ । प्रदेश सभा सदस्य बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीलगायतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...