राष्ट्रिय महिला गोल्डकपमा वीरगन्जको गोलपोस्टमा एपिएफको १२ गोल
२२ बैशाख, हेटौँडा । हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गर्ने क्रममा विभागीय टोली एपिएफले वीरगन्ज युथ स्पोर्टस् एकेडेमीविरुद्ध जित निकालेको छ। सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा उसले वीरगन्जको गोलपोस्टमा १२ गोल गरेको हो।
गत शनिबार बागमती गोल्डकप, १२ वैशाखमा सम्पन्न लुम्बिनी कप महिला फुटबल प्रतियोगिता र त्यसअघि ९ चैत ०८१ मा चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको एपिएफले हेटौँडा गोल्डकपमा पनि प्रभावशाली खेल प्रदर्शन गरेको छ।
हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा भएको खेलमा एपिएफले वीरगन्जलाई १२–० को जित दर्ता गर्यो। रश्मीकुमारी घिसिङ प्रेरित एपिएफले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो। यस्तै, वीरगन्जलाई पूर्णतः दबाबमा राखेको एपिएफले दोस्रो हाममा ७ गोल गर्यो।
...
















