बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौति छः मुख्यमन्त्री लामा

२२ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासंगै प्रत्याभुति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत् प्रभावकारी काम गर्नुपर्ने चुनौति रहेको बताए ।

सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नागरिकको हित र भुगोल अनुकुल योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताए । वन क्षेत्रका विविध विषयलाई उत्पादन र आयआर्जनमा जोडेर अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

‘नागरिक लाभान्वीत हुने र वन तथा वातावरण संरक्षण हुने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापन सन्तुmिलत ढंगबाट अघि बढाउनुपर्छ ।’ उनले भने, ‘वन जंगलको उचित व्यवथापन अहिलेको आवश्यकता हो । आयात निरुत्साहित गर्न दीगो वन व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्छ । उपयुक्त नीति कार्यक्रम ल्याएर पूजिगत खर्चलाई बढाउनुपर्छ । उत्पादन, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रसंग जोडर वनका कार्यक्रमहरु अघि बढाउनुपर्छ ।’

उनका अनुसार स्वदेशी काठ प्रयोगलाई बढावा दिन नीतिगत सुधार गर्नुपर्छ । नेपालमा उत्पादन भएको काठको लागत मुल्य घटाएर सुलभ रुपमा नागरिकको पहुँचमा पु¥याउन जरुरी रहेको उनले बताए । प्रदेशको आय स्रोत वृद्धि गर्ने गरी कार्यक्रमहरु तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । सरकारको स्रोत कम भएकाले बजेट सिलिङ कम पठाएको भनेर आलोचना भइरहेको उनको भनाई छ । बजेट सिलिङमा व्यापक सुधार गर्नेगरी प्रदेश सरकारको स्रोत व्यवस्थापनमा मन्त्रालयहरु अग्रसर हुनुपर्ने उनको भनाई छ ।

उनले कार्यान्वयन युक्त प्रभावकारी योजना निर्माण गर्नुपर्ने बताए । प्रचारमुखि भन्दा प्रनि नागरिकको आयआर्जनमा जोड्ने गरी कार्यक्रमहरु तयारी बजेट विनियोजना गर्नुपर्ने उनको भनाई छ । निश्चित कार्यक्रम तयार गरेर समय अवधि भित्र सक्ने गरी कार्यक्रमहरु अघि बढाउन मन्त्रालयहरुलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...