बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौति छः मुख्यमन्त्री लामा

२२ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासंगै प्रत्याभुति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत् प्रभावकारी काम गर्नुपर्ने चुनौति रहेको बताए ।

सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नागरिकको हित र भुगोल अनुकुल योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताए । वन क्षेत्रका विविध विषयलाई उत्पादन र आयआर्जनमा जोडेर अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

‘नागरिक लाभान्वीत हुने र वन तथा वातावरण संरक्षण हुने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापन सन्तुmिलत ढंगबाट अघि बढाउनुपर्छ ।’ उनले भने, ‘वन जंगलको उचित व्यवथापन अहिलेको आवश्यकता हो । आयात निरुत्साहित गर्न दीगो वन व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्छ । उपयुक्त नीति कार्यक्रम ल्याएर पूजिगत खर्चलाई बढाउनुपर्छ । उत्पादन, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रसंग जोडर वनका कार्यक्रमहरु अघि बढाउनुपर्छ ।’

उनका अनुसार स्वदेशी काठ प्रयोगलाई बढावा दिन नीतिगत सुधार गर्नुपर्छ । नेपालमा उत्पादन भएको काठको लागत मुल्य घटाएर सुलभ रुपमा नागरिकको पहुँचमा पु¥याउन जरुरी रहेको उनले बताए । प्रदेशको आय स्रोत वृद्धि गर्ने गरी कार्यक्रमहरु तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । सरकारको स्रोत कम भएकाले बजेट सिलिङ कम पठाएको भनेर आलोचना भइरहेको उनको भनाई छ । बजेट सिलिङमा व्यापक सुधार गर्नेगरी प्रदेश सरकारको स्रोत व्यवस्थापनमा मन्त्रालयहरु अग्रसर हुनुपर्ने उनको भनाई छ ।

उनले कार्यान्वयन युक्त प्रभावकारी योजना निर्माण गर्नुपर्ने बताए । प्रचारमुखि भन्दा प्रनि नागरिकको आयआर्जनमा जोड्ने गरी कार्यक्रमहरु तयारी बजेट विनियोजना गर्नुपर्ने उनको भनाई छ । निश्चित कार्यक्रम तयार गरेर समय अवधि भित्र सक्ने गरी कार्यक्रमहरु अघि बढाउन मन्त्रालयहरुलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...