राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

२४ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८स्१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो।
इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाइएको हो। बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब। घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको छ । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज