२५ फागुन, हेटौँडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले आइतबार क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । राक्सिराङ–५ चैनपुरमा भएको कार्यक्रममा पालिका सभापति वीरेन्द्र जिम्बाको सभाध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफु माथि आएका जनगुनासोप्रति जवाफ दिदैँ फोटो खिच्ने र भ्रमको खेती गर्ने माननीय भन्दा विकासको लहर ल्याउने माननीय बन्न चाहेको बताए । जनगुनासो आउनु स्वभाविक रहेको बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रममा पुग्न नसकेको बताए ।
मनहरी–मलेखु निस्कने बाटोले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै कांग्रेसले नै विकासको लहर ल्याउने सभापति बानियाँले दावी गरे । यस क्षेत्रका नागरिकको आर्थिक र सामाजिक विकासमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि सक्रिय रहनुपर्ने बताए ।
राणा र राजा फ्याल्न सक्ने पार्टी नेपाली कांग्रेस रहेको बताउँदै सभापति बानियाँले संघीयता पछि सन्त चेपाङ माननीय बन्दै नेपालकै पहिलो राज्यमन्त्री बन्न सफल भएको बताए । कांग्रेसले मात्रै जनताको सेवाको लागि राजनीति गरेको उनको दावी छ । अहिले राजा र धर्मको नाममा राजनीति भइरहेको उल्लेख गर्दै उनले धर्मको नाममा राजनीति गर्दै समाजमा द्वेश फैलाउँन कसलाई नै छुट नभएको बताए ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति रघुरमण न्यौपाने, बागमती प्रदेशका पुर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला सचिवद्वय ईश्वर पाठक, भीमसेन महत, सहसचिव ईन्दिरा न्यौपाने, नेपाली कांग्रसका क्षेत्र नम्बर २ का संघीय सभापति एंव कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, क्षेत्र २ (ख) सभापति एंव मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य निर्मला हिम्डुङ, महाधिवेशन प्रतिनिधि प्रभात दाहाल एंव राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा लगाएतले बोलेका थिए ।
यस्तै कार्यक्रममा जिल्ला सदस्य खेमबहादुर चेपाङ, रामकृष्ण प्रजा, काठमाडौं–मकवानपुर सम्पर्क समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, नेपाली काङ्ग्रेस कैलाश गाउँपालिकाका सचिव तथा वडा नम्बर ८का अध्यक्ष आशिष प्रजा, लगायतको आतिथ्यता रहेको थियोे ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरि ५० भन्दा बढि नेपाली कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीलाई सभापति बानियाँले माला लगाएर स्वागत गरेका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।