राक्सिराङमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न
२५ फागुन, हेटौँडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले आइतबार क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । राक्सिराङ–५ चैनपुरमा भएको कार्यक्रममा पालिका सभापति वीरेन्द्र जिम्बाको सभाध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफु माथि आएका जनगुनासोप्रति जवाफ दिदैँ फोटो खिच्ने र भ्रमको खेती गर्ने माननीय भन्दा विकासको लहर ल्याउने माननीय बन्न चाहेको बताए । जनगुनासो आउनु स्वभाविक रहेको बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रममा पुग्न नसकेको बताए ।
मनहरी–मलेखु निस्कने बाटोले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै कांग्रेसले नै विकासको लहर ल्याउने सभापति बानियाँले दावी गरे । यस क्षेत्रक...


















