सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न प्रजिअ श्रेष्ठको आग्रह

२५ फागुन, हेटौँडा । मकवनपुरकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले पत्रकारहरुलाई सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेकी छन् । पत्रकारहरुको सक्रियताले नेतृत्व र कार्यान्वयन तहका व्यक्तिहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने उनको भनाई छ ।
गत १५ फागुनमा मकवानपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेकी प्रजिअ श्रेष्ठले आईतबार जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै प्रभावकारी सेवा प्रवाह र शान्ति सुरक्षा चुस्त राख्न आफू प्रतिवद्ध रहेको बताइन् । त्यसका लागि पत्रकारहरुबाट सहि सूचना र सहयोग चाहेको उनको भनाई थियो ।
पत्रकारहरुले समाज रुपान्तरणका लागिपर्ने काममा सहकार्य गर्न आफू तयार रहेको उनको भनाई थियो । सुरक्षित र सभ्य समाज निर्माण अभियानमा सरोकारवाला निकयको एक्यवद्धता आवश्यक रहेको उनले बताइन् । उनले पत्रकारलाई लेख्नुपर्ने समाचार मात्रै लेख्न र कारवाही गर्नुपर्ने पाटोमा प्रमाणसहितको सूचना उपलब्ध गराउँन समेत आग्रह गरिन् ।
कर्मचारीतन्त्रलाई गतिशिल बनाउन र सामाजिक उत्तरदायित्व कायम राख्न निश्पक्ष पत्रकारिता आवश्यक रहेको उनको भनाई थियो । उनले राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारिता मार्फत् कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही मार्ग निर्देश गर्न सक्ने दावी पनि गरिन् ।
यस्तै प्रहरी र प्रशासनले मात्र सभ्य समाज निर्माण गर्न नसक्ने उल्लेख गर्दै सुशासन कायम राख्न प्रहरी प्रशासन र पत्रकारको पनि उत्तिकै दायित्व रहेको बताईन् । सुशासन कायम गर्न समाजमा हुने सम्पूर्ण अपराधिक क्रियाकलापमा प्रशासनले शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले प्रतिवद्धता पनि व्यक्त गरिन् ।
मकवापुरका प्रहरी प्रमुख ९प्रहरी उपरीक्षक० विश्वराज खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेल, सशसस्त्र प्रहरी बलका प्रमुख सन्तोषविक्रम शाह, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिमा भएको छलफलका क्रममा पत्रकारहरुले लागुऔषध र्दुव्यसनी न्युनिकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलंघन, खानी व्यवस्थापन, यौनजन्य घटनाको अवस्था, सामाजिक विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...