२५ फागुन, हेटौँडा । हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स भिड्ने भएका छन् ।
आइतबार हेटौँडा ४ स्थित हुप्रचौर खेलमैदानमा भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरल पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा किङकम भेट्रान्सले आयोजक हेटौँडा भेट्रान्स क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटरसँगको भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे हुने प्रतियोगीता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताको बिजेताले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट हुनेहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गौतमले बताए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।