प्रहरीद्वारा हेटौँडाबाट खैरो हिरोइन सहित ४ जना पक्राउ

२५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको छुट्टाछुट्टै दुईस्थानबाट अवैध लागूऔषध खैरोहिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका १४ का १९ वर्षीय रोजल ढुङ्गाना र हेटौँडा १४ का १९ वर्षीय रोजल ढुङ्गाना र हेटौँडा १० मा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया बिबिका लामा र एक नाबालक तथा एक नाबालिका रहेका छन् ।

प्रहरीका अनुसार हेटौँडा १० भिस्म मार्गबाट हेटौँडा १४ का १९ वर्षीय ढुङ्गानालाई खैरोहिरोइन सहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट २ वटा पुरियामा रहेको २७० मिलीग्राम खैरोहिरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले बा।प्र।३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा रहेका ढुङ्गानालाई शंकाको आधारमा खानतलासी गर्दा लागूऔषध फेला पारेको हो ।

यस्तै प्रहरीले हेटौँडा १० स्थित आनन्द टोलबाट प्रहरीले २ ग्राम ६४० मिलीग्राम खैरोहिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा १० मा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया बिबिका लामा र एक नाबालक तथा एक नाबालिका रहेका छन् । रातको समयमा लागूऔषध कारोबार भैरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको शरीर तथा कोठा खानतलासीको क्रममा लुकाएर राखेको अवस्थामा खैरोहेरोइन फेला परेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका ढुङ्गानालाई ८ दिन र लामासहितका ३ जनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्यान अनुमती लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...