प्रदेश सांसद पाठकमार्फत चेपाङ समुदायले प्रधानमन्त्रीलाई पठाए चिउरी उपहार

२५ जेठ, हेटोँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई परम्परागत वनउपज ‘चिउरी’ उपहारस्वरूप प्रदान गरेका छन् । बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत पठाइएको उक्त उपहार विशेष बाँसको टोकरी ‘पेरुङ्गो’ मा राखेर पठाइएको थियो ।

आइतबार उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त उपहारले केवल चिउरी मात्र नभई समुदायको विश्वास, संस्कृति र आशा पनि सँगै आएको अनुभूति भएको बताएको प्रदेश सांसद पाठकले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीले चिउरी प्रवद्र्धनमार्फत चेपाङ समुदायको आर्थिक समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘चेपाङ समुदायको जीवनशैली, परम्परा र जीविकोपार्जनसँग गहिरो सम्बन्ध रहेको चिउरीलाई प्रवद्र्धन गर्दै समृद्धिको आधार बनाउने सोचमा छु,’ प्रधानमन्त्री ओलीले भने, ‘वन स्रोतको दीगो उपयोग, जैविक विविधता संरक्षण र स्थानीय रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाउँछु ।’ उनले परम्परागत ज्ञान, विशेषगरी आदिवासी जनजातिको सीप र जीवनशैलीप्रति सम्मान प्रकट गर्दै वनमा आधारित उद्यम विकासमा सरकारको ध्यान केन्द्रित हुने बताएका थिए ।

यसैविच सामुदायिक वन उपभोक्ता महासंघकी अन्तरराष्ट्रिय अध्यक्ष समेत रहेकी प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई भेट्दा चेपाङ समुदायजस्ता सीमान्तकृत वर्गको परम्परागत ज्ञान र वनमा आधारित जीवनशैलीलाई संरक्षण गर्दै उद्यम विकास गर्नुपर्नेमा जोड दिएकी छन् । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जनप्रतिनिधिमार्फत पठाइएको उपहारले समुदायको पहिचान बोकेको बताए । ‘चिउरी हाम्रो संस्कृति र सम्पत्तिसँग गाँसिएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले खुसी साथ उपहार ग्रहण गर्नुभएकोमा हामी हर्षित छौँ ।’

संस्कृति र दाइजोको प्रतीकः चिउरी
चिउरीको रूखलाई सम्पत्ति मानेर छोरीलाई विवाहपछि घर पठाउँदा दाइजोमा दिने परम्परा चेपाङ समुदायमा रहेको छ । यसकारण प्रकृतिसँग नजिक रहेर जीवन बिताउने यो समुदायका लागि चिउरी मात्र वनउपज नभई सांस्कृतिक धरोहर पनि हो । सरकारबाट चिउरी प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुने संकेतले चेपाङ समुदायमा आशा पलाएको छ । परम्प

यसअघि बागमती प्रदेश सरकारले पनि सिमान्तकृत समुदाय चेपाङको उत्थानका लागि पहिचान र जीवन पद्धतिलाई जोगाउन ‘चिउरी र चमेरो’ संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्लाहरू मकवानपुर, धादिङ र चितवनका ६ वटा पालिकाहरूसँग बागमती सरकारले सम्झौता समेत गरेको हो ।

मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले चिउरी र चमेरो संरक्षणको कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्ष ०८०–८१ मा ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेगरी सम्झौता गरेका हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...