मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

६ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया रोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न थालेको सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले मृतकका घरमै पुगेर श्रद्धाञ्जलीसहित काजकिरिया खर्च र घटना दर्ता सेवा उपलब्ध गराइरहेको छ ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का अध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार जना मृतकका परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ काजकिरिया खर्च तथा श्रद्धाञ्जली पत्र प्रदान गरेका हुन्। काजकिरिया खर्च प्राप्त गर्नेमा कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवार छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको यस कार्यक्रम अन्तर्गत परिवारको सदस्यको निधन भएको सूचना प्राप्त भएलगत्तै पालिका प्रतिनिधि मृतकका घरमै पुग्ने, मृत्यु दर्ता गर्ने र नगद सहयोग उपलब्ध गराउने गर्छन् ।

‘आर्थिक अभावकै कारण काजकिरिया रोकिने अवस्था नआओस् भनेर यो कार्यक्रम संचालनमा ल्याएका हौँ,’ अध्यक्ष कालाखेतीले भने, ‘गत वर्ष मात्रै करिब १८० परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएका थियौँ ।’ वडा कार्यालयमार्फत मृत्युदर्ता गरी विपन्नताको सिफारिस आएपछि पालिकाले २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने प्रक्रिया तय गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...