मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

६ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया रोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न थालेको सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले मृतकका घरमै पुगेर श्रद्धाञ्जलीसहित काजकिरिया खर्च र घटना दर्ता सेवा उपलब्ध गराइरहेको छ ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का अध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार जना मृतकका परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ काजकिरिया खर्च तथा श्रद्धाञ्जली पत्र प्रदान गरेका हुन्। काजकिरिया खर्च प्राप्त गर्नेमा कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवार छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको यस कार्यक्रम अन्तर्गत परिवारको सदस्यको निधन भएको सूचना प्राप्त भएलगत्तै पालिका प्रतिनिधि मृतकका घरमै पुग्ने, मृत्यु दर्ता गर्ने र नगद सहयोग उपलब्ध गराउने गर्छन् ।

‘आर्थिक अभावकै कारण काजकिरिया रोकिने अवस्था नआओस् भनेर यो कार्यक्रम संचालनमा ल्याएका हौँ,’ अध्यक्ष कालाखेतीले भने, ‘गत वर्ष मात्रै करिब १८० परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएका थियौँ ।’ वडा कार्यालयमार्फत मृत्युदर्ता गरी विपन्नताको सिफारिस आएपछि पालिकाले २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने प्रक्रिया तय गरिएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज