Day: July 22, 2025

मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

मनहरीका विपन्न परिवारलाई काजकिरिया खर्चसहित घरमै पुगेर घटना दर्ता

Breaking News 2, ताजा अपडेट, मनहरी, समाचार
६ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक अभावका कारण काजकिरिया रोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न थालेको सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले मृतकका घरमै पुगेर श्रद्धाञ्जलीसहित काजकिरिया खर्च र घटना दर्ता सेवा उपलब्ध गराइरहेको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र वडा नं. ८ का अध्यक्ष नारायण उप्रेतीसहितको टोलीले मंगलबार मनहरी–८ का चार जना मृतकका परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ काजकिरिया खर्च तथा श्रद्धाञ्जली पत्र प्रदान गरेका हुन्। काजकिरिया खर्च प्राप्त गर्नेमा कृष्णबहादुर प्रजा, लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकका परिवार छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको यस कार्यक्रम अन्तर्गत परिवारको सदस्यको निधन भएको सूचना प्राप्त भएलगत्तै पालिका प्रतिनिधि मृतकका घरमै पुग्ने, मृत्यु दर्ता गर्ने र नगद सहयोग उपलब्ध गराउने गर्छन् ।...
वि.पी. स्मृति दिवसमा विचार गोष्ठी तथा सरसफाई कार्यक्रम

वि.पी. स्मृति दिवसमा विचार गोष्ठी तथा सरसफाई कार्यक्रम

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
६ साउन, हेटौँडा । वि.पी. विचार समाज मकवानपुरले ४३ औं वि.पी. स्मृति दिवसको अवसरमा मंगलबार विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । र हेटौँडा ११ स्थित वि.पी. बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सँगै ‘‘आजको परिवेशमा वि.पी.लाई कसरी सम्झने?’ भन्ने विषयमा विचार गोष्ठी आयोजना गरिएको हो । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता एवं वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष दाहालले वि.पी. कोइरालालाई बहुआयामिक, राष्ट्रिय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनी राष्ट्रिय विभूति भएको बताइन् । ‘वि.पी मानव मात्र होइनन्, उनी महामानव हुन्,’ वडाध्यक्ष दाहालले भनिन्, ‘उहाँका विचार आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक छन् ।’ कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समिति सदस्य जानकी लामा, हेटौँडा नगर सभापति उत...