वि.पी. स्मृति दिवसमा विचार गोष्ठी तथा सरसफाई कार्यक्रम

६ साउन, हेटौँडा । वि.पी. विचार समाज मकवानपुरले ४३ औं वि.पी. स्मृति दिवसको अवसरमा मंगलबार विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । र हेटौँडा ११ स्थित वि.पी. बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सँगै ‘‘आजको परिवेशमा वि.पी.लाई कसरी सम्झने?’ भन्ने विषयमा विचार गोष्ठी आयोजना गरिएको हो ।

समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता एवं वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष दाहालले वि.पी. कोइरालालाई बहुआयामिक, राष्ट्रिय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनी राष्ट्रिय विभूति भएको बताइन् । ‘वि.पी मानव मात्र होइनन्, उनी महामानव हुन्,’ वडाध्यक्ष दाहालले भनिन्, ‘उहाँका विचार आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक छन् ।’

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समिति सदस्य जानकी लामा, हेटौँडा नगर सभापति उत्सव इटेनी, वि.पी. विचार समाजका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक तीर्थ पराजुली, प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, सल्लाहकार माधव आचार्य, विजेन्द्र अग्रवाल, वडा नम्बर ११ का सभापति दीपक उप्रेती, वडा नम्बर ६ का सभापति रामहरि तिमल्सिना, अपाङ्ग महासंघका केन्द्रीय सदस्य रामेश्वर पराजुली, क्षेत्र नम्बर १ को खका सहसचिव केदार ढोडारी, उपाध्यक्ष प्रदीप कोइराला लगायतको उपस्थिति रहेको थियो ।

विचार गोष्ठीपछि वि.पी. बाटिका परिसरमा विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । कार्यक्रमका सचिव हरिप्रसाद पौडेलका अनुसार वृक्षारोपणपछि समाजले हेटौँडा–१४ स्थित अनाथ अपाङ्ग बाल पुनःस्थापना केन्द्रमा आर्थिक सहयोग समेत गरिएको छ। वि.पी. विचार समाजले हरेक वर्ष स्मृति दिवसका अवसरमा वि.पी. को विचार र योगदानको स्मरण गर्दै सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...