६ साउन, हेटौँडा । वि.पी. विचार समाज मकवानपुरले ४३ औं वि.पी. स्मृति दिवसको अवसरमा मंगलबार विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । र हेटौँडा ११ स्थित वि.पी. बाटिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सँगै ‘‘आजको परिवेशमा वि.पी.लाई कसरी सम्झने?’ भन्ने विषयमा विचार गोष्ठी आयोजना गरिएको हो ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता एवं वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष दाहालले वि.पी. कोइरालालाई बहुआयामिक, राष्ट्रिय व्यक्तित्वका रूपमा स्मरण गर्दै उनी राष्ट्रिय विभूति भएको बताइन् । ‘वि.पी मानव मात्र होइनन्, उनी महामानव हुन्,’ वडाध्यक्ष दाहालले भनिन्, ‘उहाँका विचार आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक छन् ।’
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश समिति सदस्य जानकी लामा, हेटौँडा नगर सभापति उत्सव इटेनी, वि.पी. विचार समाजका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक तीर्थ पराजुली, प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, सल्लाहकार माधव आचार्य, विजेन्द्र अग्रवाल, वडा नम्बर ११ का सभापति दीपक उप्रेती, वडा नम्बर ६ का सभापति रामहरि तिमल्सिना, अपाङ्ग महासंघका केन्द्रीय सदस्य रामेश्वर पराजुली, क्षेत्र नम्बर १ को खका सहसचिव केदार ढोडारी, उपाध्यक्ष प्रदीप कोइराला लगायतको उपस्थिति रहेको थियो ।
विचार गोष्ठीपछि वि.पी. बाटिका परिसरमा विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । कार्यक्रमका सचिव हरिप्रसाद पौडेलका अनुसार वृक्षारोपणपछि समाजले हेटौँडा–१४ स्थित अनाथ अपाङ्ग बाल पुनःस्थापना केन्द्रमा आर्थिक सहयोग समेत गरिएको छ। वि.पी. विचार समाजले हरेक वर्ष स्मृति दिवसका अवसरमा वि.पी. को विचार र योगदानको स्मरण गर्दै सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।