आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल, प्रदेश सांसद बानियाँले गरे उद्घाटन
३१ जेठ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरुलाई जोड्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्न गरेको पक्की पुलको शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएको छ । बाँकी २ वटा पुलको शनिबार उद्घाटन गरिएको हो । मनहरी ३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन् ।
८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाईको ३ स्पानको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम् जेभ...























