मनहरी

हार्दिक श्रद्धाञ्जली भन्नेहरुले हार्दिक धन्यवाद भनेर भोट हाल्नेछनः महामन्त्री शर्मा

हार्दिक श्रद्धाञ्जली भन्नेहरुले हार्दिक धन्यवाद भनेर भोट हाल्नेछनः महामन्त्री शर्मा

Breaking News 1, ताजा अपडेट, मनहरी, राजनीति, समाचार
२२ फागुन, हेटौंडा । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली लेख्नेहरुले हार्दिक जिन्दावाद भनेर कांग्रेसलाई भोट हाल्ने अवस्था आउँने दावी गरेका छन् । मकवानपुरको मनहरीमा बिहीबार कांग्रेस मनहरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २०८४ अघिको समयलाई सदुपयोग गर्दै जनताको अपेक्षा अनुसार काम गरे जनताले हार्दिक धन्यवाद दिने दावी गरे । जनताको निराशालाई चिर्दै जनअपेक्षा अनुसार काम गर्न कांग्रेस र एमालेबीच सहकार्य भएको उनको भनाई छ । उनले ४ मंसिर २०७९ पछिको संसदीय निर्वाचनपछि पनि पटकपटक सरकार परिवर्तन भइराख्ने समस्याबाट आजित भएका जनतालाई आशााको सञ्चार गर्न एमालेसँग सरकारमा गएको प्रष्ट पारे । ‘कति बेला सरकार ढल्छ र कुनकुन दल मिलेर सरकार बन्छ भन्ने अन्यौलता जनतामा रहिरहने अवस्था भएकोले एमालेस...
शालनाल सहितको नवजात शिशु(छोरी)को शव फेला

शालनाल सहितको नवजात शिशु(छोरी)को शव फेला

ताजा अपडेट, मनहरी, समाचार
२१ फागुन, हेटौंडा । मकवानपुरको मनहरीमा शालनाल सहितको नवजात शिशु (छोरी)को शव फेला परेको छ । मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित डम्पिङसाईटमा शालनाल सहितको नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार स्थानीयले शिशुको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनले एकदुई दिन अघिमात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको बताए । स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलील घटनाको अनुसन्धान गरिरहेको प्र्रहरी प्रवक्त अर्यालले जानकारी दिए ।...
आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

अर्थ, खेलकुद, ताजा अपडेट, मनहरी, मनोरञ्जन, समाचार
२१ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा भोली बुधबारदेखि खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजना, एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा मनहरी गाउँपालिका कार्यालयको संरक्षकत्वमा पहिलो पटक खेलकुद तथा व्यापार महोत्सवको आयोजना हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मनहरी गाउँपालिका ७ र ८ नम्बर वडाको खेल मैदानमा खेलकुदका प्रतियोगिता हुनेछ भने सिमपानी खेल मैदानमा महोत्सव सञ्चालन हुनेछ । चैत्र ४ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पूरा भएको खेलकुद विकास समिति मनहरीका अध्यक्ष विरु लामाले जानकारी दिए । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्स अन्तर्गतको खेलको प्रतिस्पर्धा हुनेछ । फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशाला मनहरी ७ मा हुनेछ भने भलिबल गणेशधारा खेल ...
कांग्रेस महामन्त्री शर्मा मनहरी आउँदै

कांग्रेस महामन्त्री शर्मा मनहरी आउँदै

Breaking News 1, ताजा अपडेट, मनहरी, राजनीति, समाचार
२० फागुन, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मकवानपुरको मनहरी आउने भएका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिको आयोजनामा हुने क्रियाशील तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न फागुन २२ गते बिहीबार महामन्त्री शर्मा मनहरी आउने भएका हुन् । मनहरी गाउँपालिकाका अगुवा तथा क्रियाशील कार्यकर्ता प्रशिक्षणका साथै पार्टीको वर्तमान गतिविधिका बारेमा छलफल हुने कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पनि विशिष्ट आतिथ्यता रहने कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले जानकारी दिए । कार्यक्रमकाबीच मनहरीका कांग्रेस अगुवा नेताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वर्तौलाले बताए । क्रियाशील भेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेतृत्वले गरिरहेका कामकारबाहीबारे पनि समीक्षा हुने बताइएको छ ।   &nb...
मनहरीले २१ गतेदेखि खेलकुद महोत्सव गर्ने

मनहरीले २१ गतेदेखि खेलकुद महोत्सव गर्ने

Breaking News 2, खेलकुद, ताजा अपडेट, मनहरी, समाचार
१६ फागुन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले यही फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्ने भएको छ । खेलकुद विकास समिति मनहरीको आयोजना र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने महोत्सव चैत्र ४ गतेसम्म हुने महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालयले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्सको प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष विरु लामाले जाकनारी दिए । फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा हुनेछ भने भलिबल गणेशधारा खेल मैदान र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुने जानकारी दिइएको छ । फुटबलको विजेता र उपविजेताले क्रमशः नगद एकलाख र ५० हजार, भलिबलको विजेता र उपविजेताले ५० हजार र ३० हजार, क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार, ब्याड्मिन्टनको विजेता र उपविजेताले ३० हजार र २० हजार तथा एथ्ले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज