मनहरीले २१ गतेदेखि खेलकुद महोत्सव गर्ने

१६ फागुन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले यही फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्ने भएको छ ।

खेलकुद विकास समिति मनहरीको आयोजना र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने महोत्सव चैत्र ४ गतेसम्म हुने महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्सको प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष विरु लामाले जाकनारी दिए ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा हुनेछ भने भलिबल गणेशधारा खेल मैदान र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुने जानकारी दिइएको छ ।

फुटबलको विजेता र उपविजेताले क्रमशः नगद एकलाख र ५० हजार, भलिबलको विजेता र उपविजेताले ५० हजार र ३० हजार, क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार, ब्याड्मिन्टनको विजेता र उपविजेताले ३० हजार र २० हजार तथा एथ्लेटिक्स अन्तर्गतको एकसय मिटर दौडको विजेता र उपविजेताले १० हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै २ सय मिटर दौडको विजेता र उपविजेताले १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । स्थानीय खेलाडीको पहिचान गर्ने, खेलको माध्यमबाट पालिका चिनाउने तथा खेल र मनोरञ्जनलाई एकसाथ अघि बढाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अध्यक्ष लामाले बताए ।

महोत्सवमा २ सय स्टल रहनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती समेत हुने जानकारी दिइएको छ । एकलाख जनाले महोत्सवको अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको कारोबार हुने आंकलन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मनहरीमा यसअघि प्रत्येक वर्ष अध्यक्ष कप पुरुष फुटबल र उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै आएको थियो । महोत्सवबाट बचेको रकम खेलकुद क्षेत्रकै विकासमा प्रयोग गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...