मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने ।

शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । अधिकृत लामिछानेले पालिकाबाट आवश्यक तथ्यांक उपलब्ध गराउन र रोग नियन्त्रण अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरे।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तय गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम लागू गर्ने जनाएको छ ।

मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका यस कार्यक्रममा समावेश छन्। बागमती प्रदेशका आठ स्थानीय तहमा पनि यो प्रणाली विस्तार गरिनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाका प्रत्येक वडामा २५ सदस्यीय इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन गरिनेछ। यस टिममा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक तथा जनप्रतिनिधिहरू समावेश हुने बताइएको छ ।

टोलीलाई आवश्यक तालिम प्रदान गरी रोगको लक्षण देखिएको खण्डमा तत्काल सूचना दिने, रोगको प्रकृति र फैलावटको निगरानी गर्ने तथा प्राथमिक चरणमै प्रतीकारात्मक कदम चाल्ने सेन्टरका अधिकृत लामिछानेले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष कालाखेतीले यस कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । ‘समुदायस्तरमै रोगको लक्षणको समयमै पहिचान हुने भएकाले महामारी नियन्त्रणमा यो कार्यक्रम प्रभावकारी साबित हुनेछ,’ उनले भने ।

रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो कार्यक्रम लागू हुनेछ भने बागमती प्रदेशमा आठवटा स्थानीय तह समेटिएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...