मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै

१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने ।

शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । अधिकृत लामिछानेले पालिकाबाट आवश्यक तथ्यांक उपलब्ध गराउन र रोग नियन्त्रण अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरे।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तय गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम लागू गर्ने जनाएको छ ।

मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका यस कार्यक्रममा समावेश छन्। बागमती प्रदेशका आठ स्थानीय तहमा पनि यो प्रणाली विस्तार गरिनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाका प्रत्येक वडामा २५ सदस्यीय इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन गरिनेछ। यस टिममा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक तथा जनप्रतिनिधिहरू समावेश हुने बताइएको छ ।

टोलीलाई आवश्यक तालिम प्रदान गरी रोगको लक्षण देखिएको खण्डमा तत्काल सूचना दिने, रोगको प्रकृति र फैलावटको निगरानी गर्ने तथा प्राथमिक चरणमै प्रतीकारात्मक कदम चाल्ने सेन्टरका अधिकृत लामिछानेले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष कालाखेतीले यस कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । ‘समुदायस्तरमै रोगको लक्षणको समयमै पहिचान हुने भएकाले महामारी नियन्त्रणमा यो कार्यक्रम प्रभावकारी साबित हुनेछ,’ उनले भने ।

रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो कार्यक्रम लागू हुनेछ भने बागमती प्रदेशमा आठवटा स्थानीय तह समेटिएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...